Breaking News

अस्पताल ल्याउनु तीन घन्टा अघि नै प्रकाश दाहाललाई ‘आकस्मिक हृदयाघात’

३ मंसिर, काठमाडौं ।प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो । […]

प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल […]

दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली […]

चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुइ हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । यहि मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई […]

देशको मुहार फेर्ने सुनौलो अवसर ः प्रचण्ड

विकल्प न्यूज/पर्वत कात्तिक ३० गते ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धनलाई दुइतिहाई वहुमत दिएर देशको महार फेर्ने अभियानमा योगदान पु¥याउन आग्रह गर्नुभएको छ । संयुक्त वाम गठबन्धन पर्वतले आयोजना गरेको चुनावी आमसभामा सम्बोधन गर्दै प्रचण्डले स्थानीय, प्रदेश र केन्द्रमा वामपन्थीको वलियो सरकार वनाएर देशको मुहार फेर्ने उद्घोष गर्नुभयो । उहाँले निर्वाचन पछि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण […]

म्याग्दीको निर्वाचन – किन हुन्छ मतको “बार्गेनिङ” !

सन्तोष गौतम/विकल्प न्यूज कात्तिक २८ गते । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । सदरमुकाम बेनीमा भन्दा गाउँमा चुनावी चहलपहल बढ्दै जान थालेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल बढेको हो । धान, कोदो भित्र्याउने र गहुँ, […]

निर्वाचनप्रति उत्साह

विकल्प न्यूज/बेनी कात्तिक २८ गते ।  नयाँ संविधान जारीपछि मुलुकमा पहिलो पटक आम निर्वाचन हुँदै छ । आगमी पाँचवर्षका लागि पहिलो र दोस्रो चरण गरि मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनबाट जनप्रतिनिधिहरु चुन्न मतदाताहरु मतदानको दिन पर्खिएका छन् । निर्वाचनमा दलहरुले एकआपसमा तालमेल गरि गठबन्धन निर्माण गरेका छन् […]

मतदानको तरिका सिकाउँन घरदैलोमा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २८ गते । तस्विर बेनी नगरपालिका १ रत्नेचौरको एकघरमा भेला भएका महिलाहरुलाई नमुना मत पत्र मार्फत मत खसाल्ने तरिका सिकाउँदै नेकपा एमालेकी समानुपातिक उम्मेदवार थममाया थापा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी,म्याग्दी  आसन्न मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका ग्रामिण गाउँहरुमा चुनावी […]

चुनावलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता

विकल्प न्यूज/बेनी आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनीतिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ । म्याग्दीका मतदान स्थलहरुलाई संवेदनशिल, संवेदनशिल र सामान्य भागमा बिभाजन गरेर […]

म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालिका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई सरकार हस्तान्तरण गरेको […]

“अवसर दिनुहोस पर्वतमा विकासको लहर ल्याउँछु” ः गिरी

विकल्प न्यूज/जलजला पर्वत बेनी २४ कात्तिक । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शनिवार जलजजला गाउँपालिका ३ माझफाँटमा संयुक्त चुनावी आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा प्रदेश ४ का सहसंयोजक गणेश तिमिल्सीनाले नयाँ […]

जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु

विकल्प न्यूज/बेनी बेनी २४ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा समानुपातीक उम्मेदवार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत […]

म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]

“पर्वतवासीको शिर झुक्न दिन्न मलाई मत दिनुहोस” उम्मेदवार अधिकारी

विकल्प न्यूज/जलजला पर्वत कार्तिक २२ गते । आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ (क)बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारीले जिल्लाको समग्र विकास गरी पर्वतलाई मुलुककै नमुना जिल्ला बनाउने अठोट गर्नुभएको छ । जिल्लाको साधनस्रोतको समुचित रुपमा परिचालन गरेर विकासको लहर ल्याउने […]

पाखापानीका जनता भन्छन–‘राज्यमन्त्री हुँदा पनि गाउँको मुहार उस्तै रहयो,,फेरी मत माग्न लाज मान्नुपर्ने हो (भिडियो सहित)

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि बिजयी गराएपनि गाउँको […]