निर्वाचनप्रति उत्साह

विकल्प न्यूज/बेनी
कात्तिक २८ गते ।  DSC_0021
नयाँ संविधान जारीपछि मुलुकमा पहिलो पटक आम निर्वाचन हुँदै छ । आगमी पाँचवर्षका लागि पहिलो र दोस्रो चरण गरि मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनबाट जनप्रतिनिधिहरु चुन्न मतदाताहरु मतदानको दिन पर्खिएका छन् । निर्वाचनमा दलहरुले एकआपसमा तालमेल गरि गठबन्धन निर्माण गरेका छन् । लोकतान्त्रिक र वाम गठबन्धन मुख्य प्रतिस्पर्धी देखिएका छन् । Bhagabati 1साथै तराईमा मधेशवादी दलहरु पनि एकआपसमा तालमेल गरेर निर्वाचनको महाअभियानमा उत्रीएका छन् । निर्वाचनपछि समृद्धि ल्याउने वाचाका साथ चुनावमा होमिएका मुुलुुकका राजनीतिक दलहरू यतिखेर जनताको घरदैलोमा छन् । धेरै वर्षपछि दलका नेताहरूलाई आफ्नै घर–आँगनमा देख्न पाउँदा जनता खुसीमात्र छैनन् हर्षले दङ्ग छन् । गाउँगाउँमा पुगेका उम्मेदवार र दलका नेतालाई जनताले फुलको मालाले भव्य स्वागत गरिरहेका छन् । उम्मेदवारका विकासका प्रतिवद्धता सुन्न र आफ्ना माग राख्न नागरिकलाई यतिखेर चटारो नै छ । दैनिक जसो दलका नेताहरु मतदाताका घरमा मत माग्न जाने गरेका छन् । निर्वाचनमा परिचालित हुने नेता र कार्यकर्ताका कारण गाउँघरमा चहलपहल वढेको छ । यसले निर्वाचनको रौनकता थपिएको छ ।
राष्ट्रिय अभियानलाई सफल पार्नका लागि सरकारी संयन्त्र,राजनीतिक दल र अन्य सरोकारवाला निकायहरु सक्रिय छन् । मुलुक यतिखेर निर्वाचनमय बनेको छ, जुन अत्यन्त खुसीको विषय नै हो । यसबीचमा सुखद कुरा के छ भने, मुलुकमा भर्खरै स्थानीय तहको निर्वाचन सकाएर केन्द्र र प्रदेशसभाको निर्वाचनमा दलहरू यतिखेर लागिपरेका छन् ।Ghatan uml maobadi (3)आन्दोलनबाट मुलुकमा प्राप्त उपलब्धिको संस्थागत गर्न नयाँ संविधानको प्रभावकारी कार्यान्वयन पहिलो र मुख्य सर्त थियो र छ । संविधान कार्यान्वयनका सवालमा यी निर्वाचन संवैधानिक समयसीमाभित्र सम्पन्न हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न तेर्सिएको थियो, जुन शंका यतिबेला मेटिँदै छ र तोकीएकै समयमा निर्वाचन सम्पन्न हुँदै छ । निर्वाचनमा आफ्ना जनप्रतिनिधिहरु चुन्न नागरिकहरु आतुर देखिन्छन् । निर्वाचनपछि राजनीतिक स्थायित्व,विकास र समृद्धि हासिल हुने कुरामा नागरिकहरु विश्वस्त हुँदै उत्साहित भएका छन् । Bhagabatiअन्ततः नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका दिशामा यसरी यी निर्वाचनले अन्तिम किनारा भेट्दै छन् । यस्तो अवस्थामा राज्यका सबै तप्का तथा संयन्त्रबाट आफ्नो समयानुसारको काम कर्तव्यबोध गरी आ–आफ्नो तर्फबाट अहम् भूमिका निभाउनु आवश्यक थियो छ । यस्तो बेला अर्थात् यस किसिमको सुखद अवसर एवम् परिस्थितिमा दलका नेता तथा कार्यकर्ताले निर्वाचनलाई सफल पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । निर्वाचनको वातावरणलाई खलवलाउने कार्य कहिकतैबाट हुनुहुँदैन । राष्ट्रिय अभियान निर्वाचनलाई शान्तीपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न दायित्व सवै नागरिकहरुको भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं र निर्वाचनको यो महाअभियानलाई सफल पारौं । नवविकल्प साप्ताहिक