Breaking News
बेनी बाट राँखु जाँदै गरेको जिप दुर्घटना

विकल्प न्यूज/बेनी् माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका २ राँखु भगवती जाँदै गरेको जिप गलेश्वर भन्दा माथि दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । ग १ ज ५८९९ नम्बर को जिप यात्रु लिएर बेनी बाट राँखुका जाँदै गर्दा गलेश्वर पारीको सडकमा दुर्घटना भएको हो । जिप सडक […]
प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने बाथ ट्युव र पोखरी निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनी नगरपालिका ४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न मिल्न बाथ ट्युब र पोखरी निर्माण भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाहरुको सुबिधाका लागि बाथ ट्युव र पोखरी सञ्चालनमा ल्याएको हो । बाथ ट्युव र पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने […]
रघुगंगाको झिँमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

विकल्प न्यूज/बेनी माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत सोमबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नम्बर ५ झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको ३ नम्बर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता जिवनबहादुर मल्लले जानकारी दिनुभयो । चाँढै नै […]
कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाइ सर्वस्वसहित जन्मकैद

विकल्प न्युज /बेनी माघ २४ गते । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या […]
‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौं’

विकल्प न्यूज/बेनी माघ २२ गते । वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर […]
जितको उत्साह (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनीमा आयोजना गरिएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेपछि खुसीयाली मनाउँदै बेनी स्थित माउण्ट आवाशीय माविका शिक्षक र विद्यार्थीहरु । उनीहरुले बाजागाजा र नाचगान सहित बजारमा ¥याली निकाले छन् । तस्विर ठाकुरप्रसाद आचार्य
प्रथम बेनी नगर कपको उपाधि माउण्टले चुम्यो

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हातपार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण ३ रजत र १३ काश्य प्राप्त गरी प्रथम भयो । यसै […]
निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नेतृत्व चयन

विकल्प न्यूज/बेनी माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले वि.एन. कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर नारायण जिसीलाई पुन तिन वर्षे कार्याकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा विपिन खड्का निर्वाचीत हुनुभएको छ । यसै […]
मृत्युको मुखमा पुगेकी बालिकालाई कलेजो दान गरेर पुर्नजन्म दिलाए केसीले

विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दीका एक व्यक्तिले मृत्युको मुखमा पुगेकी बालिकालाई आफ्नो अंग दान गरेर पुर्नजन्म दिलाएका छन् । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिनाकी सियाना रन्तीजा पुनलाई बेनी नगरपालिका ८ निवासी ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष एवम् समाजसेवी व्यक्तित्व चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गर्नुभएको हो । जन्मेको चार महिनामै कलेजो खराव भएपछि […]
सिंगा तातोपानी – पोखेर जोड्ने पुल निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते ।बेनी नगरपालिका ४ सिंगा तातोपानी देखि मंगला गाउँपालिकाको बरंजालाई जोडनका लागि म्याग्दी खोला माथि पक्की मोटरेबल पुल निर्माण थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले बहुवर्षीय ठेक्का मार्फत बेनी – दरवाङ सडकको तातोपानी देखि पोखेर जोड्नका लागि म्याग्दी खोला तातोपानी मोटरेबल पुल निर्माण योजना अगाडि बढाएको हो । वर्षौ […]
बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री […]
भकिम्लीको डोलेमा हेलिप्याड निर्माण

विकल्प न्युज / बेनी बेनी १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा […]
पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

विकल्प न्युज / पाेखरेबगर पोखरेबगर १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष […]
मुख्यमन्त्री गुरुङद्धारा धौलागिरिको गाउँसभालाई सम्बोधन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले धौलागिरी गाउँपालिकाको पाँचौ गाउँसभालाई सम्बोधन गर्नुभएको छ । आइतवार गाउँपालिका केन्द्र मुनामा आयोाजना गरिएको गाउँसभालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्नुभएको हो । पोखराबाट हेलिकोप्टरबाट मुना आउनुभएका मुख्य मन्त्री गुरुङले गाउँपालिकाको पर्यटन,जलविद्युत र कृषिको सम्भावनाका वारेमा अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ, उद्योग,बन वातावरण तथा […]
जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

विकल्प न्युज मुना माघ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो । ‘पर्यटन, जलविद्युत, कृषि र […]