Breaking News

सिंगामा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी पुस ३ गते । बेनी नगरपालिकाको ४ नम्बर वडा सिंगामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाको आयोजना र संगम,कदम र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजीकरणमा वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद्वारा पहिलो चौमासिकमा गरिएका विकासनिर्माण,सेवाप्रवाह,नागरिकको गुनासो,सुझाव र समस्या बुझनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो […]

जलविद्युतमा म्याग्दीवासीलाई लगानीको सुनौलो अवसर

बिनोद कुँबर /विकल्प न्यूज पुस ३ गते । जलस्रोतको हिसाबले म्याग्दी धनी जिल्ला भएर पनि हामी धेरै पछाडि छौं । जलस्रोतलाई सदुपयोग गरेर हामीले जिल्लालाई समृद्ध बनाउन सक्छौं । हामी सँग कालिगण्डकी,म्याग्दी र रघुगंगा जस्ता ठूला नदीहरु छन् । यसका साथै अन्य साना खोलानालाहरु पनि प्रशस्त मात्रामा छन् । तिनको उपयोग गर्न सकिरहेका छैनौं । […]

बेनी– लभ्लीहिल पदमार्ग निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस १ गते । शिलान्यास गरिएको तिनमहिना पछि बेनी– लभ्लीहिल पदमार्गको निर्माण सुरु गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त लगानीमा पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि करिब ७८ लाख रुपियाँ खर्च हुने अनुमान […]

दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास ः पश्चिम क्षेत्रमा विकासको ढोका खुल्यो

विकल्प न्यूज/बेनी मंसिर २८ गते म्याग्दीको पश्चिम क्षेत्रमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको छ । आयोजना निर्माण सुरु गरे सँगै पश्चिम म्याग्दीमा विकासको ढोका खुलेको सरोकारवालाहरुले बताएका छन् । आयोजना निर्माण सुरु भएसँगै स्थानीयवासीहरु उत्साहित भएका छन् । म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले […]

दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २८ गते । पश्चिम म्याग्दी स्थित २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेढले मालिका गाउँपालिका ६ दुखुबेसी बलौटेमा निर्माण गर्ने आयोजनाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा,प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा र लिमिटेढका अध्यक्ष विनोद कुँवरले शुक्रवार शिलान्यास गर्नुभएको हो । […]

म्याग्दीका तिन सडकलाई थप ४ करोड विनियोजन

विकल्प न्यूज/बेनी मंसिर २८ गते । म्याग्दीका तीनवटा सडकलाई संघिय सरकारबाट थप ४ करोड रुपियाँ बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाको पहलमा उक्त बजेट विनियोजन भएको हो । गलेश्वर मौवाफांट दग्नाम चिमखोला सडकलाई २ करोड, रत्नेचौर भकिम्ली सडक थप १ करोड बेनी–दरवाङ ताकम […]

लुलाङवासीलाई खुसीको खबर ः लघुजलविद्युत परियोजनालाई ८५ लाख बिनियोजन

विकल्प न्यूज/बेनी मंसिर २८ गते ।  धौलागिरि गाउँपालिकाको दुर्गम २ नम्बर वडा लुलाङ गाउँमा विद्युतीकरणका लागि संघिय सरकारले ८५ लाख रुपियाँ विनियोजन गरेको छ । डेढवर्ष अघि पहिरोले दरखोला लघुजलविद्युत परियोजनामा क्षति पु¥याएपछि गाउँ अन्धकारमय भएको थियो । गाउँपालिकाको पहल र प्रतिनिधिसभका सांसद भुपेन्द्र बहादुर थापाको सक्रियतामा परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ […]

प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनको तयारी

विकल्प न्यूज/बेनी मंसिर २७ गते । गण्डकी प्रदेशको सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि म्याग्दीको पूर्वाधार विकास सम्बन्धी योजनामा विनियोजन गरेको बजेट तथा योजना पाँच महिनापछि कार्यान्वयनको तयारी थालिएको छ । प्रदेश सरकार अन्तरगत स्थापना भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले योजना कार्यान्वयनका लागि तयारी थालेको हो । सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान […]

व्यवसायीलाई फुटाउने काम नगरौं

नारायण जिसी /विकल्प न्यूज मंसिर २६ गते । निर्माण व्यवसायी संघ म्याग्दी निर्माण क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुको साभाm संस्था हो । संस्थाको नेतृत्व लिनुभएका पूर्वजहरुको योगदान र परिश्रमका कारण संघ यहाँ सम्म आउन सफल भएको हो । २०४८ मा स्वर्गीय राम गौचनको अध्यक्षतामा स्थापीत निर्माण व्यवसायी संघ आज २७ औं वर्षमा आइपुगेको छ । […]

भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।  

नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका २ माझफाँटका विक्रम बराल लोकप्रीय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ४ मा पर्नु भएको छ । विस २०४५ सालमा मल्लाझबाट विक्रमको बुवाआमा पोखरा बसाईसराई गर्नुभएको हो । सामान्य परिवारमा जन्मीएका विक्रम बरालका वुवाले गाडी चलाउनुहुन्छ । https://www.youtube.com/watch?v=AB0toN5XRmY ‘आमाको सपना र बुबाको आशिर्वादले अब सफल […]

छैंटौ म्याग्दी महोत्सवको आम्दानी खर्च गुपचुप ! (पाठक प्रतिक्रिया)

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव सकिएको एकवर्ष हुँदा पनि आम्दानी खर्च सार्वजनिक गरेको समाचार पढ्न पाइएन । संघले गत वर्ष पुस २८ देखि माघ ७ गते सम्म छैटौं म्याग्दी महोत्सवको आयोजना गरेको थियो । अरुलाई शुसासन र आर्थिक पारदर्शीताको पाठ सिकाउने निजी क्षेत्र आफैले आम्दानी खर्च सार्वजनिक नगर्दा कस्तो […]

महिला सहकारी अब्बल

विकल्प न्यूज/जलजला मंसिर २४ गते । घरखर्च चलाउन र केटाकेटी पढाउन दुई/चार वटा बाख्रा पाल्न समस्या परेपछि २०६९ सालमा महिलाले सहकारी खोल्ने निर्णय गरेका थिए । त्यसबेला ६ सय २० रुपैयाँ बचत गरेर सुरु गरेको सहकारीको सेयर पुँजी अहिले ६३ लाख पुगेको छ । सहकारीले एकै वर्षमा एक करोडभन्दा बढी लगानी गर्न सफल भएको छ । हिजोआज सानोतिनो व्यवसाय […]

खोप्रामा चारवटा सामुदायिक लज बनाइने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् । गत सोमबार […]

टोड्केको पर्यटन प्रवद्र्धनमा जुट्यो म्याग्दी जेसीज

विकल्प न्यूज/बेनी मंसिर २२ गते । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री सतहदेखि २ हजार […]