ताजा समाचार:
Search

विप्लब समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

विकल्प न्यूज/बेनी
साउन ६ गते ।

सरकारद्धारा प्रतिवन्धीत  नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । सोमबार साँझ पाँचबजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका ३ नयाँ पुलबाट जिल्ला इन्चार्ज कमान सिंह नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिकिरण सानेभिर गाउँपालिका २ रुकुम निवासी हुनुहुन्छ भने शाक्य बाग्लुङबजारका हुनुहुन्छ ।

स्थानिय तहहरुमा निर्वाचित पदाधिकारीहरु, व्यापारी तथा सरकारी कर्मचारीहरुलाई धम्काई जबरजस्ती चन्दा असुली गर्ने कार्य संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । साथै २०७५।११।११ गते राती म्याग्दी जिल्ला रहेका ५ वटा एनशिएल को टावरमा भएको आगजनीमा समेत दुवै जनाको संलग्नता भएको प्रहरीले आरोप लगाएको छ । थप अनुसन्धान कार्य भई रहेको र निजहरुको साथबाट ध १ प २१७० नं को यामाहा मोटरसाइकल र मोबाईल सेट थान ३ बरामद भएको प्रहरीले जनाएको छ ।