ताजा समाचार:
Search

बाढीपहिरोको उच्च जोखिम ः विपद् व्यवस्थापनको तयारी कस्तो छ ?

विकल्प न्यूज/बेनी
साउन ७ गते ।  तस्विर
बेनी–जोमसोम कोरला सडक आयोजनाका कारण पहिरोको उच्च जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित काभ्रे गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य

यस वर्षको मनसुन सुरु भइसकेको छ । भौगोलिक भूवनाटका कारण अधिक वर्षाले बाढीपहिरोको जोखिम वढाएको छ । जिल्लाका ग्रामिण भूभागका केही वस्तीहरु पहिरोको उच्च जोखिममा छन् । भने नदी तटीय क्षेत्रका वस्तीहरु बाढी र कटानको जोखिममा छन् ।

अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, भिरको पुछारमा रहेका वस्ती र अब्यवस्थित सडक निर्माण समेतका विकासे योजनाले अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन ।

पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा निर्माण गरेका ग्रामिण सडक पहिरो निम्ताउने माध्यम बनेका छन् । यसको उदाहरण गत भदौंमा मालिका गाउँपालिका २ रुमको विलवाङमा आएको पहिरोलाई लिन सकिन्छ ।

अव्यवस्थित रुपमा खनिएको सडकले विलबाङमा विपत्ति निम्तीएको हो । यस्तै अधिकांश ग्रामिण भेगमा सडकका कारण पहिरोको जोखिम बढेको छ । बेनी जोमसोम कोरला सडकका कारण पनि सडक आसपासका वस्तीहरु जोखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको अनुसार बेनी नगरपालिका समेत जिल्लाका सवै ५ गाउ“पालिकाका ४५ मध्य २९ वडा (साविकका गाविस) पहिरोको उच्च जोखिमा छन । सदरमुकाम बेनीबजार बाढीको उच्च जोखिममा रहेको छ । तिन ठूला नदीका कारण बेनी बजार बाढीको उच्च जोखिममा छ ।

म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रका अधिकांश वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी बताउनुहुन्छ ।

कमजोर भूभाग र विरालो वस्तीका कारण जुनसुकै समयमा पनि विपद् निम्तीन सक्ने भएको हुँदा विपद् व्यवस्थापनको पूर्वतयारी आवश्यक रहेको उहाँको भनाई छ ।

विपद्को समयमा तत्काल राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रशासनले जिल्ला आपतकालिन कार्यसञ्चालन कक्षको सञ्चालन समेत गरेको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार आपतकालित कार्यसञ्चालन कक्ष २४ सै घण्टा सञ्चालनमा रहने छ ।

कालीगण्डकी नदी किनाराका वस्तीहरु बेनी, पिप्लेको घुमाउनेताल, भगवतीको बैंशरी, बेगको तिप्ल्या¨, हिस्तानको महभीर, घारको रातोपानी, भूरुङको तातोपानी, दानाको दुवाढी, तितर र म्याग्दीनदी किनाराका दरवाङ, बाबियाचौर, सि¨ातातोपानी, बगुवाखोलाहु“दै बेनीसम्मका वस्ती छन ।

बेनी नगरपालिकाको पात्लेखेत,तोराखेत,रघुगंगा नदी आसपासका क्षेत्र,अन्नपूर्णको काभ्रेको वस्ती,मालिकाको रुम,निस्कोट,ओखरबोट धौलागिरिका मुदी,लुलाङ,मुना लगायतका स्थानका वस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका थप २७ वडा पहिरोको उच्च जोखिममा रहेका छन ।

बाढीपहिरोको उच्च जोखिम न्यूनिकरण र ब्यवस्थापनमा स्थानीय तहमा नेपाल प्रहरी,रेडक्रस सोसाईटी र सर्वसाधारण संलग्न टोली परिचालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

सानातिना विपद्लाई स्थानीय तहले व्यवस्थापन गर्न सक्छ भने ठूलो विपद् आइलागेमा प्रदेश र संघ सरकारको सहयोग माग्नुपर्ने हुन्छ प्रजिअ अधिकारीले भन्नुभयो, ‘स्थानीय स्तरमा पनि तत्काल राहत र उद्धारका लागि सामग्रीको व्यवस्थापन गरिएको छ । त्रिपाल, कम्बल, भा“डाकुडा, खाद्यान्नसमेतका आधारभूत राहत सामाग्री स्टक रहेको छ ।’

‘विगतका विपद्जन्य घट्ना, मानवीय तथा भौतिक क्षतिको अवस्था हेर्दा म्याग्दी विपद्को संकटासन्न अवस्थामा छ । प्राकृतिक सम्पदाको अब्यवस्थित उपभोगले निम्त्याएको भूस्खलन (पहिरो)बाट पछिल्ला केही बर्षमा विपद्का घट्ना बृद्धी भएको देखिन्छ’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रजिअ अधिकारीले भन्नुभयो, ‘हामी संभावित विपद्को पहिचान, विपद्को क्षति न्यूनिकरण गर्न सक्षम छौं ।

यो पनि पढ्नुहोस

‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी

 

आपतकालिन बन्दोवस्ती र उद्धारकालागि हामी तयारी अवस्थामा छौं ।’ आपतकालिन उद्धार र राहतका लागि सहयोग पुगोस भनेर ३३ वटा वडामा हेलिप्याड निर्माण गरेका छौं प्रजिअ अधिकारीले भन्नुभयो । स्थानीय तहले विपद् व्यवस्थापन कोष खडा गरेका छन् ।

स्थानीयमा तहमा पालिका स्तर र वडातहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । विपद् पछिको राहत र उद्धारमा स्थानीय तह जुटेपनि विपद् आउन नदिन यसको पूर्वतयारीका हिसावले स्थानीयतह कमजोर भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

यस्तो छ इतिहास
बेनीमा सक्रिय सामाजिक अगुवाहरुको भोगाई अनुसार २०२१ सालको साउनमा म्याग्दीनदीमा भिषण बाढी आउ“दा बेनीको पश्चिम मंगलाघाट बजारमा क्षति पु¥याएको थियो । ०३८ साल सर्जेनीको पाखोमा पहिरो गएपछि सदरमुकाम बेनीको अधिकांश बस्ती र खेतवारी पुरेको थियो ।

विहान पहिरो झरेकोले मानवीय क्षति जोगिएको थियो । त्यसैगरी ०४४ सालमा कालीगण्डकी नदीमा आएको बाढी पस्दा कालीपुल बजार डुवानमा परेको थियो । बाढीले कालीपुलदेखी एक किलोमिटर तल दोविल्लासम्म एकसय मिटरसम्म भित्र पसेर कटान गरेको थियो । पछिल्लो पटक २०५० सालमा म्याग्दीनदीमा आएको बाढीले मंगलाघाट बजारमा क्षति पु¥याएको थियो ।

०४५ साल असोज ५ गते राती भिषण पहिरो खस्दा जिल्लाको दोस्रो ठूलो ब्यापारिक दरवा¨ बजार पुरि“दा एक सय आठ जनाको मृत्यु भएको थियो । थुपै पशुपंक्षि बगाएको थियो । छ घन्टासम्म पहिरोले म्याग्दी नदीलाई थुन्दा तटिय क्षेत्रका बाबियाचौर, सि¨ा सदरमुकाममा समेत कटान गरेको थियो । ०५४ सालको असोज १० गते विहान अन्धगल्छीमा भिषण पहिरो खस्दा कालीगण्डकी नदी १० घन्टा थुनिएपछि पर्यटकिय वस्ती तातोपानी बजारका करिव १२ पर्यटकिय होटल, २५ आवसीय घर, विद्यालय, श्वास्थ्य चौकी र प्रहरीचौकीसमेत डुबानमा परेको थियो ।