ताजा समाचार:
Search

Breaking News

स्वास्थ्यका भरत पनि पुगे अख्तियारको हिरासतमा

साधन राम्जाली \विकल्प न्यूज   भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी […]

बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]

सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी,भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै […]

मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज बेनी , भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ […]

मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]

शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्युज बेनी , साउन ३२ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला सहसचिवमा देवी […]

दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३१ गते ।        सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]

दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र

विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]

रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले  बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]

वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो । जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय […]

बेनपा २ का वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी, साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनकारबाही गरेको जनाएको […]

भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान सहितको […]

मंगला र रघुगंगामा सुत्र प्रणालीबाट वित्तिय कारोबार सुरु

विकल्प न्यूज/बेनी साउन २९ गते । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानीय तह संचित कोष व्यवस्थापन (सुत्र) प्रणालीबाट वित्तिय कारोबार गर्न थालेका छन् । स्थानीय तहमा वित्तिय अनुशासन कायम गर्न सुत्र प्रणाली लागू गरिएको हो । चालु आर्थिक वर्ष देखि महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहमा सुत्र प्रणाली लागू गर्न परिपत्र गरेअनुसार जिल्लाका […]

जनै पूर्णिमाका दिन खयरबराहमा धार्मिक मेला

विकल्प न्यूज/बेनी साउन २९ गते । खयरबराह ताल र तालको छेवैमा रहेको खयरभारानी देबीको मन्दिर । फाइल तस्विर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित खयरबराहमा लाग्ने धार्मिक मेलाको तयारी थालिएको छ । साउन ३० गते जनैपूर्णिमाका दिन लाग्ने धार्मिक मेलालाई व्यवस्थित बनाउन खयरभारानी संरक्षण समिति र स्थानीयवासीहरु तयारीमा जुटेका हुन । भक्तजनहरुलाई खान र बस्नको सुविधा मिलाउन […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]