शान्ति बस्नेत / विकल्प न्यूज
चैत १५ गते ।
‘मर्ने कसैलाई रहर हुँदैन’ आज यो भनाई सत्य सावित भएको छ । म जहाँ जान्छु, म जहाँ हुन्छु हरेक मेरा पाईला पाईलामा मेरो मन मस्तिष्कमा हरेक पल– प्रहरमा नेपाली पन र आफ्नो जन्मभूमिको यादहरुमा हरेक पलपलमा आफ्नै पाखापखेराहरुसंग मितेरी लगाएको हरयादहरुसँग बाँची रहेको हुन्छौं ।
पहिला पहिला आफ्नो नै बाल्यकालमा वा माध्यमिक तहको शिक्षामा हरेक पटक हामीले अध्ययनको क्रममा विभिन्न कार्यक्रमहरुमा भाग लिने क्रममा “सहरीया जीवन भन्दा गाँउले जीवन नै बेश भन्ने“ शीर्षकको वादविवाद प्रतियोगिताको झल्झलि याद आई रहेको छ ।
जुन विषय अहिलेको परिस्थितिसंग मिल्दोजुल्दो रहेको छ । चाईनाको वुहानबाट सुरुवात भएको रोग “कोरोना भाईरस“ आज विभिन्न देशहरुमा चारै तिर आक्रमक रुपमा फैलिरहेको छ । यो कोरोना रोगको चारै तिर भयावहक रुपमा फैलिएसंगै हाम्रो देशको पनि नेपाल सरकारले विभिन्न सकरात्मक कार्यको थालनी गरेको छ ।
यो हामी नेपालीहरुका निम्ति सरहानीय कार्य हो । जस मध्ये यातायातहरुमा पनि रोक लगाएको छ । जस स्वरुप १० गते देखि लामो दुरीका यातायातमा रोक लगाएको समाचारसंगसंगै धेरै टाढाबाट विभिन्न कार्यहरु गरी काठमाण्डौलाई कर्मथलो बनाउनेको आफ्नो जन्मथलो फर्कनेको लर्को नै लागेको थियो ।
जन्मथलो भन्ने वित्तिकै आमा झै लाग्ने स्थान हो । हरेक मनमस्तिष्कमा नेपालीको सार नै आफ्नो गाँउ हो । सुखमा होस या दुस्खमा आफ्नो प्यारो गाउँ नै हो आज जो जति मानिसहरु आफ्नो जन्मभूमिलाई छोडेर मात्रै सहरमा बसेका छन।
भूलेर बसेका छैनन् आफ्नो गाँउलाई भूल्न सक्नु त आफ्नी आमालाई भूल्न सक्नु बरावर हो । त्यसैलै आफू जन्मेको माटो आफ्नी आमा सम्मान हुन्छे नि त त्यसैले कसैले पनि आफ्नो जन्मभूमाःई भूल्नु हुन्न ।
मानिसहरु सहर रहरमा बसेका छैनन, किनकि गाँउमा अहिले जस्तो अलिक सेवा सुविधाहरु थिएनन अहिले जस्तो रोजगार पनि थिएन अहिलेत ३ तहका सरकार छ गाँउ, सहरमा खासै अन्तर छैन अन्तर छ त विकासे कामहरु सबै सम्पन्न भएका छैनन् ।
गाँउघर तिर पनि अब त कामको अवसरहरु पाउने गरेकाछन । सबै कार्यहरु सम्पन्न भए पछि त गाँउ त सबै भन्दा बस्न योग्य स्थान हो भनेर विश्वले मान्छ भन्ने आशा छ । भनिन्छ नि सहरका घर जोडिएका छन तर मन टाढा बनाएर बसेका हुन्छन हो यो भनाईलाई आत्मासाथ गरी गाँउका घर टाढा मन नजिक बनाएर बसेका हुन्छन । यो भनाईलाई आत्मासाथ गरी अब करमा हैन रहरमा गाँउमा बस्ने निर्णय गर्दा उत्तम हुन्छ ।
किनकि शहरमा हरेक मानिसहरु अहिलेको अवस्थामा रोग र भोगको लडाईमा लडि रहेकाछन मानिसहरु हुँदा खाने र हुने खानेहरुको अन्तर यस्ता विपतिहरुमा हामीले मनन गर्न सक्छौं । यहाँ हुने खानेहरुको घरमा त सबैजना परिवार संगै बसेर विभिन्न मिष्ठान्न व्यञ्जन बनाएर खाएका प्रशस्त उदाहरणहरु छन तर हुदाँ खानेहरु अहिलेको यो विकराल परिस्थितिमा आफ्ना परिवारसंग बसेर खाना भन्दा धेरै पीडादायीक परिस्थितिसंज लडि रहेकाछन् ।
यहाँ रोगले गर्दा आफ्नो पसिना बगाने, साझ विहान गाँसको व्यवस्था नै जुटाउन मुस्किल रहेको यो अवस्था मा दैनीक रुपमा ज्यालादारीमा काम गरी ल्याएको रुपैयाले त दैनीक छाक टार्न मुस्किल परेको अवस्थामा अहिले यस्तो परिस्थिति हुँदा त रोग र भोकबाट उक्तिकै भयवित हुनु परेको छ ।
अझ यो काठमाण्डौंमा कति विद्यार्थीहरु विभिन्न स्थानबाट आफ्नो अध्यन र रोजगारीका निम्ति आएर डेरामा सबेका हुन्छन् यस्तो यो “कोरोना” ले गर्दा सरकार पक्षले जनताको स्वास्थ्यमा ध्यान राखी एक्कासी “लकडाउन” गर्न पुगेको अवस्था भयो र धेरैले खानाको निम्ति सरसामान जोहो गर्न पाएनन् कतिले समय पाए पनि आफुसंग पर्याप्त रुपमा पैसाको अभावको कारण आफ्नो अत्यावश्यक वस्तुको तर्जसमा गर्ने सकेको अवस्था थिएन ।
यस्तो परिस्थितिमा स्थानीय सरकारले गरिव परिवार जो एकछाक टार्नका निम्ति अहिले धौधौ परिरहेको छ त्यसलाई स्थानीय सरकारले विवरण संकलन गरी आफ्नो क्षेत्रबाट कसरी सकिन्छ, उनीहरुलाई केहि राहत हुने कार्यमा जुटन जरुरी छ ।
साथै स्थानीय बासीहरुले पनि अहिलेको यस्तो अवस्थामा भोकको भन्दा पनि रोगको महामारीलाई ध्यानमा राखी केहि समय धैर्यताका साथ बसी आफू र आफ्नाहरुलाई ख्याल गरी धैर्यता गुमाउनु हुन्न ।
नेपाली उख्नानले भनेझै रोग र शोक नलागेमा हामी पुनः यस्तो विकराल परिस्थितिलाई सामना गरी भोक र प्यासले सुकेका गलालाई रोग सबैतिर साम्य भए पछि पेट भरि खानु पर्छ र अहिलेको अवस्थामा सरकारले लकडाउन गरेको छ यस्लाई हामी सबैले पालनागर्नु नितान्त जरुरी रहेको छ ।