कोरोनाको कहर, संस्कारमा लहर

शान्ति बस्नेत/विकल्प न्यूज
चैत २० गते ।
विविध धर्म, संस्कृति, रीतिरिवाज, चालचलन यस्ता सबै हामी नेपालीहरुको गहना हुन संस्कृति भनेको हाम्रो पहिचान हो । नेपाली हुनु विविधतामा एकताको कारण पनि स्वर्णिम अवसर मान्नु पर्छ ।  हामी जहाँ अहिले जुन धरातलमा छौं त्यो सबै हाम्रो संस्कृति भित्रको संस्कार छ ।

संस्कार भनेको मानिसहरुलाई अनुशासित रुपमा बस्न सिकाउने एउटा कला वा माध्यम हो ।जहाँ हामीले हाम्रो संस्कृतिलाई संस्कारको रुपमा मानिन्दै त्यहाँ शान्तिको अनूभुति आभाष हुँदैन् ।हामीले नेपाली हौं भन्नका निम्ति आफ्नो आफ्नो कला सस्कृतिलाई संस्कारको रुपमा मान्नु पर्दछ । संस्कृति भित्रको संस्कार रहेत हामी नेपाली रहन्छौं यदि यि दुबै समाप्त हुँदै गयो भने नेपाली हुनुमा हर्ष हैन आखामा वर्षा हुन्छ ।

विश्वमा अहिले कोरोना भाईरसको माहामारी फैलिरहेको छ यस्तो अवस्थामा विश्व एकजुट हुँदै गएको समयमा हामी नेपाली भएर नेपालीको निम्ति वा हितको कार्य गर्न र कोरोना विरुद्ध लडन एकजुट हुन नै आनाकानी हुनु परेको छ ।

यस्तो अवस्थामा त हामी सबै एकजुट हुन सकियो भने हरेक चुनौतिहरुसंग जुध्न सहज हुने निश्चित नै छ । यस्तो भाईरस फैलि रहेको समयमा हामी एकअर्कालाई कसरी सहयोग गर्न सक्छौ त्यसै गरी सहयोगि हातहरु एक ठाँउमा जुट्न नितान्त आवश्यक मानिन्छ ।

गौतम बुद्ध जन्मेको देश हो हाम्रो किन कि यहाँ शान्तिको प्रतिकको जन्मभूमि हो यहाँ एकअर्काले सहयोग गनुपर्छ भनेर हामीले सानै देखि अध्ययन गर्दै व्यवहारमा सिक्दै आएका छौ ।

त्यस्तै भगवान पशुपतिनाथले बास गर्नु भएको देश हाम्रो नेपाल उहाँको आशिर्वादलाई हामीले नकार्नु हुन्न हामी जस्तो सुकै समस्याहरु आई परे पनि डटेर सामना गर्न सक्नु पर्छ । यस्तो कोरोना भाईरसलाई रोगथाम गर्न पनि एकआपसमा साथ सहयोगको नितान्त जरुरी छ ।

सरकारले लकडाउन गरेको अवस्था छ हामी सबैले पालना गर्नुपर्छ किनकि संस्कृति पनि हो । हाम्रो हामीले संस्कारलाई झै मानियो भने हामी आफ्नै लागि हो हामी आफू र अरुलाई पनि सुरक्षित र स्वस्थ जीवन बाँच्न दिनु हाम्रो संस्कार हो ।हामी सबैले यस्तो भहावहक स्तिथिमा सिंङ्गो देशलाई हरेक जनताहरु नै मिलेर सहयोग गर्नुपर्छ । सरकारको मात्रै भर नपरौं हामी आपशमा पनि आफ्नो संस्कारलाई अर्थात सहयोगको भावनालाई सदुपयोग गरौं ।

यदी हामी जो कोहि बसेको वरिवरी जनचेतनाको कमि वा बाध्यताले उ बाहिर निस्किएको देखियो भने हामीले आवश्यकताको पहिचान गरी भोको पेटले गर्दा वाहिर निस्किएको रहेछ भने आफ्नो गाँसको पनि आधा–आधा गरी बाडेर खाउँ यदि चेतनाको कमी भयो भने आफुले जानेको कुरा सिकाउने गरौं हाम्रो मानवीयता देखाउने समय त यहि हो र हामी नेपालीहरुको संस्कृति र संस्कार हो ।

आपतको समयमा हामीमा भाइचारा हुन जरुरी छ । हामी सबै मिलेर कोरोना भाईरसंग लडि समस्याको समाधान गरौं । सरकार पक्षले पनि यस्तो अवस्थामा जनहितमा जारी भाषण र शासन मात्रैले चल्दैन हरेक दिन ज्याला मजदुरी गरी साझ विहान हातमूख जोर्नेहरुको पेट भर्नेसम्मको निष्पक्ष पहिचान गरी सरकार र सरोकारवाला पनि भएको आवास दिलाउन सकोस् ।

साथै ३ तहको सरकार भएको सर्वसाधरणहरुमा पनि आवस दिलाउन सकोस् यस्तो जटिल परिस्थितिमा हामी सबैजना हातेमालो गर्न सक्नु पर्छ ।अहिलेको अवस्थामा राजनीति भन्दा पनि मानवीयताको आवश्यकता महसुश गरीएको छ । राजनीतिलाई हतियार बनाउने र कमाउने भाडो नवनाउदा जनताले दिइएको मतको सभ्य प्रयोग भएको महसुश हुन्छ ।संस्कृति र संस्कारको अस्थित्व बचाई कोरोनासंग लड्नका निम्ति सहकार्यमा जुटौं ।