Breaking News

कोरोना सँगको लडाई जितेर घर फर्किन बागलुङकी मनकुमारी

विकल्प न्यूज/बागलुङ बैशाख ६ गते ।  कोरोना भाइरस विरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि […]

 कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् ।   लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका छन् । उत्पादीत […]

जिसी क्रसरद्धारा सुरक्षाकर्मी,पत्रकार र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज/बेनी बैशाख ६ गते । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क,स्यानीटाइजर र हातधुने साबुन हस्तान्तरण गर्नुभएको हो । नेपाली […]

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । 0nlinekhabar

उदयपुरको मस्जिदमा बसेका आठजनालाई ‘कोरोना पोजेटिभ’

बैशाख ५, २०७७ काठमाडौं : or उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्। ‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, उनले […]

जिल्ला विपद् व्यवस्थापन कोषमा नेकपा म्याग्दीको साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख ५ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको कोषमा साढे दुइलाख रुपियाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र राहत वितरणमा परिचालन गर्ने गरी नेकपाले दुइलाख ५७ हजार आठ सय ३३ रुपियाँ सहयोग गरेको हो । पार्टीका जिल्ला स्तरका नेता,कार्यकर्ता तथा सुभचिन्तकहरुबाट संकलन गरिएको उक्त […]

बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरी १८ बेडको बनाउने तयारी

विकल्प न्युज/बेनी बैशाख ३ गते । कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै बेनी अस्पतालको आइसोलेसन वार्डको क्षमता विस्तार गरिने भएको छ । हाल कायम ६ बेडको आइसोलेसन वार्डलाई बढाएर १८ बेड क्षमताको बनाउन लागिएको हो । बुधबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित सुरक्षा निकायका प्रमुख,अस्पताल विकास समिति,चिकित्सक तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु विचको छलफलबाट अस्पताल […]

मुख्यमन्त्री संग भिडियाे कन्फ्रेन्समा प्रजिअ ढकाल

विकल्प न्युज/ बेनि बैैैैैशाख ३ गते । म्याग्दीका प्रमुख जिल्ला अधिकारि ज्ञान नाथ ढकाल ले काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि म्याग्दी जिल्लामा भएका प्रयास र समस्याका वारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई भिडियाे कन्फ्रेन्स मार्फत जानकारि गराउनु भएकाे छ । बुधवार प्रजिअ ढकाल सहित प्रदेशका ११ वटै जिल्लाका प्रजिअहरूले जानकारी गराएका थिए […]

कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं

खरमाया विटालु / विकल्प न्यूज बैशाख २ गते । आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चीनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यसप्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले […]

लकडाउन वैशाख १५ सम्म, १२ दिन थपियो

विकल्प न्यूज/ काठमाण्डौं बैशाख २ गते । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका […]

रौतहटमा १९ वर्षीय युवालाई पनि देखियो कोरोना

विकल्प न्यूज/बेनी बैशाख १ गते । रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको  नतिजा पोजेटिभ आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ। ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ। योसँगै नेपालमा कोरोना […]

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ

पोखरा, वैशाख १ गते ।  कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा आइतबार एक महिलाको रिपोर्ट पोजेटिभ देखियो। गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा […]

पाखापानीका वडा अध्यक्ष शेरपुजाको घरबाट गोली बरामद

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरमा बुलेट (गोली) फेला परेको छ । शनिबार अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा एउटा बुलेट छ भन्दै सार्वजनिक गरेपछि प्रहरीले आइतबार घरखनतलासी गर्दा बुलेट (गोली) बरामद गरेको हो ।पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको डिएसपी किरणजंग कुँवरले […]

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, २०७६ काठमाडौं :  नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ।  यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बतायो।  लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको […]

म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ

विकल्प न्यूज/बेनी चैत २९ गते ।  म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य […]