ताजा समाचार:
Search

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प / बेनी

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ ।