Breaking News

पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि, गण्डकीमा पुग्याे २९४

विकल्प न्युज / बेनी असार ४ गते । पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि   भएकाे छ । विहिबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति अनुसार कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | यसै […]

गण्डकीमा थपिए ४२ जना काेराेना संक्रमित,संंख्या २८९ पुग्याे

विकल्प न्युज/ बेनी असार ४ गते । गण्डकी प्रदेशमा थप ४२ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै प्रदेशमा कुल संक्रमित काे संख्या २८९ पुगेकाे छ ।  

एयर लिफ्टिङमार्फत गण्डकीमा १५ गर्भवती र सुत्केरीको उद्धार

तारा चापागाइँ दुबे /पोखरा  असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यसहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । […]

एकै दिन ५८६ थपिए कोरोना संक्रमित, कुल संख्या ७१७७ पुग्यो

असार ३ गतेे । काठमाडौं‌ ।  बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । याे संख्या अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयकाेे नियमित प्रेेेस विर्फिङमा उक्त संख्या पुष्टि गरिएको हाे ।  कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

गण्डकीमा थपिए २१ जना काेराेना संक्रमित, संख्या २४७ पुग्याे

विकल्प न्युज/ बेनी असार ३ गते । गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय ले बुधवार विहान विज्ञप्ति मार्फत जानकारी दिएकाे हाे । याे संगै गण्डकी मा संक्रमित काे संख्या २४७ पुगेकाे छ ।  

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । […]

गण्डकीमा थपिए १८ संक्रमित, संख्या २२३ पुग्याे

विकल्प न्युज/ बेनी असार २ गते । गण्डकी प्रदेशमा थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । याे संगै प्रदेशमा संक्रमितकाे संख्या २२३ पुगेकाे छ। गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार निकालेकाे विज्ञप्ति अनुसार स्याङ्जा मा ४,गाेरखामा १०,नवलपुर, २ कास्की र बागलुङमा १/१ जनामा काेराेना पुष्टि भएकाे हाे । काेराेना पुष्टि भएका सबैजना भारत बाट […]

यस्ताे छ गण्डकी प्रदेश सरकारकाे बजेट (पूर्णपाठसहित)

पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । बजेटको पूर्णपाठ माननीय सभामुख  महोदय, १.    विश्वव्यापी कोरोना महामारीका कारण […]

क्वारेण्टिन लैजाँदै गर्दा पर्वतको चुवा भीरमा हाम फालेका युवाको मृत्यु

पर्वत- क्वारेन्टिनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भिर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतले […]

हेर्नुहोस, ओमकार पुरीको सफलताको कथा (भिडियो)

विकल्प न्यूज/बेनी असार १ गते ।  बेनी नगरपालिका १० काउलेगौडाका ओमकार पुरीले ६० लाख लगानी गरेर कुखुरा व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले गाउँमै व्यवसायिक रुपमा कुखुरापालन सुरु गर्नुभएको हो । पुरी पोल्ट्री फर्म स्थापना गरी पुरीले व्यवसायीक रुपमा कुखुरा पाल्न थाल्नुभएको हो । पुरीको फर्ममा यतिखेर ३ हजार वटा अण्डा उत्पादन गर्ने […]

सरकारी कार्यालय साेमबारबाट खुले

काठमाडौँ, असार १ गते ।  कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो । मन्त्रिपरिषद्ले गत साता नै […]

दुर्लुङ पहिरो अपडेट : आठ जनाको शव भेटियो

जेठ ३२, २०७७ पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ।  जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राति ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापाको शव भेटिएको थियो भने आइतबार बिहान थप ६ […]

दुर्लुङ पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, दुई बेपत्ता

२०७७ जेठ ३२ आइतबार पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्‍नी मीनकुमारी थापा, नातिनी विविशा थापाको मृत्यु भएको […]

पर्वतको दुर्लुङमा भीषण पहिरो: चार जनाको शब भेटियो

पर्वत, जेठ ३२ गते ।  पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि चारजनाकाे ज्यान गएको छ । भने पाँचजना अझै वेपत्ता भएका छन । दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले  २ घर बगाएको छ ।  घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार […]

तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ३१ गते ।     बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो । स्वरोजगार […]