विकल्प न्यूज/पोखरा
असोज २८ गते । बागलुङ नगरपालिका २ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमित ७७ वर्षीय ति पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा बुधबार दिउसो ज्यान गएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ ।
असोज २५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या समेत रहेको स्वास्थ्य निर्देशनालय पोखरा जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको पुगेको छ ।