विकल्प न्युज/ बेनी
शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन ।
बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए ।
काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।
शनिबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती मा बेनपा ७ का पुरूषमा काेराेना पुष्टि भएकाे उल्लेख छ ।
माेवाईल अफ गरेकाले उनकाे खाेजिमा समस्या भएकाे उहाँले बताउनु भयाे ।
बेनीबाट पोखरा उपचारका लागि पुगेका समयमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हुन सक्ने उहाँले बताउनुभयो ।
संक्रमितलाई सम्पर्कमा अाउन स्वास्थ्य कार्यालयले अनुराेध गरेकाे छ ।