म्याग्दीको छिमेकी जिल्ला बागलुङमा थप ५१ जना सहित गण्डकी प्रदेशमा थप ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिकाका विभिन्न् वडाहरुमा गरी ४९ र तमानखोला गाउँपालिकामा ६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराले विहिवार विहान जरी गरेको विज्ञप्ती जनाएको छ ।
यसैगरी कास्कीमा ३०,गोरखामा ७, नवलपुर ६ लमजुङमा ३ जना थप संक्रमित फेला परेका हुन । नयाँ थपिएका संक्रमित सहित प्रदेशमा ५२८४ पुगेको छ ।
पोखरा महानगरपालिकाका ८ जनाको चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल अस्पतालमा कोरोनाको परिक्षणका लागि नमुना संकलन भएको हो ्र अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङ बाट पहिचान भएका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।