विकल्प न्यूज/बेनी
असोज२९गते।
विहिवार कोरोना पुष्टि भएका ४ जना मध्य दुइजना केही दिन अघि बेनी अस्पतालमा उपचारका लागि आएको खुलेको छ । पर्वतको जलजला गाउँपालिका ३ स्थायी ठेगना भएका वर्ष ४९ का पुरुषमा कोरोनाको सामान्य लक्षण देखिएपछि असोज २६ गते अस्पतालमा आएका थिए । अर्को एक पुरुष पनि लक्षण देखिएपछि अस्पतालमा आएको खुलेको छ ।
कोरोनाको संका लागेर उनीहरु दुवै जनाको असोज २७ गते अस्पतालले नमुना स्वाव लिएर पिसिआरका लागि पोखरा पठाएकोमा विहिवार पोजेटिभ नतिजा आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ वर्षीय पुरुष भारतिय नागरिक हुन । हाइड्रोपावरले भारत लैजाने तयारी गरेको छ ।
जलजला ३ स्थायी घर भएका पुरुष कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन । उनी बेनीको एक सहकारीका प्रबन्धक हुन । उनलाई पर्वतको कुश्मा आइसोलेशनमा लगिएको छ ।
पछिल्लो समयमा म्याग्दीको समुदाय स्तरमा कोरोना फैलिन सक्ने उच्च जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सवैमा अनुरोध गरेको छ ।