बेनी नगरपालिका

यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा

विकल्प न्यूज/बेनी साउन २३ गते ।   बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन […]

साउन २७ मा जगन्नाथको रथयात्रा

विकल्प न्युज म्याग्दी , साउन २३ गते । म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको […]

बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी […]

हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । […]

बोलेरो जिप दुर्घटनामा गम्भीर ३ घाइतेलाई पोखरा पठाइयो

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल […]

भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ घाइते

विकल्प न्यूज/बेनी साउन २२ गते ।   म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्वरको बोलेजो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह ४ः२० बजे दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा जीपका धनी यामवहादुर श्रीष,धनकुमारी श्रीष, […]

नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)

विकल्प न्यूज/बेनी साउन २२ गते । नेपालको संविधानले स्थानीय तहलाई बलियो सरकारका रुपमा परिकल्पना गरेको छ । आफ्नो क्षेत्रभित्र सुव्यववस्था कायम राख्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संवैधानिक अधिकारसहित सरकारका रूपमा आएका हुन । स्थानीय सरकारलाई व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको समेत काम गर्ने अधिकार छ । स्थानीय सरकार सञ्चालन र आफ्नो […]

भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी साउन १९ गते । संघिय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भ्रष्टाचारीहरु धमाधम समातिन थालेको बताउनुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले चालेको कदम सफल उन्मुख हुन लागेको दावी समेत गर्नुभयो । मन्त्री थापाले भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउने अवस्था नभएको दावी समेत गर्नुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्न सरकार सफल भएपछि […]

नेकपा म्याग्दीको जिल्ला कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठकले सात सदस्यीय कार्यालय र ३२ सदस्य रहेको […]

असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

समिक्षा गरेर अघि बढ्नुपर्छ–सांसद केसी

विकल्प न्यूज/बेनी साउन १५ गते ।   गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद केसीले जनताले परिवर्तन र सुधारको अनुभूति हुने […]

नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

विकल्प न्युज म्याग्दी , साउन १५ गते । बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ । खानेपानीको हाहाकार मच्चएपछि बजारबासी र वडाका जनप्रतिनिधीको आग्रहमा […]

बेनीको सडकमा बेथिति (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १५ गते । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर  बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेथिति २. बेनी प्रवेशद्धार नजिक सडक मिचेर घर निर्माण गरिएको छ । नगरपालिकाको अनुमतीविना रातको […]

गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

विकल्प न्यूज/बेनी बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी […]