असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी
साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५,दिप्तिय ७५ हजार ५ सय ५५, सेमिफाईनलबाट बाहिरिने टिमलाई १५,१५ हजार,बेष्ट ईस्टाईगर,५ हजार ५ सय ५५,धेरै गोल गर्नेलाई र,५ हजार ५ सय ५५,बेष्ट डिफेन्डर ,५ हजार ५ सय ५५,वेष्ट किपरलाई र,५ हजार ५ सय ५५, पुरस्कार रहेको अध्यक्ष पुनले बताए ।

बिभिन्न पत्रकार सम्मेलनमा खेलाडी आमा समूह जनप्रतिनिधि टोल सुधार समितिका प्रतिनिधि लगायतको उपस्थिति थियो । कालिपुल युवा क्लवले खेलकुदसंगै बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको छ ।

सदरमुकाम बेनीमा भएका युवा क्लवहरुले प्रत्येक वर्ष फरक फरक क्लवको आयोजनामा खेदकुद प्रतियोगिता हुदै आएको र यस वर्ष कालिपुल युवा क्लको पालो रहेको अध्यक्ष पुनले बताए ।