ताजा समाचार:
Search

गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

विकल्प न्यूज/बेनी
बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।

गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । पहिलो सोमबार दुई लाख ७४ हजार १०६ रुपैयाँ संकलन भएको थियो ।

गत वर्षको दोस्रो सोमबार तिन लाख सात हजार ५८२ रुपैया भेटि संकलन भएको थियो । कालीगण्डकी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी, शिवरात्री पर्वमा बिशेष मेला लाग्ने गर्छ ।