ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बलम भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी गरेको र उनले कोट राख्ने […]

बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू

विकल्प न्युज / बेनी कार्तिक २ गते ।  बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]

बेनीका संक्रमित पाेखराकाे हाेटल आइसोलेसनमा भेटिए

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  म्याग्दी बेनी नगरपालिका ७  ठेगाना भएका कोरोना सक्रमित पोखराकाे  होटलमा आइसोलेसनमा भेटिएकाेे  जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । सक्रमित पुरुष इन्डियन आर्मी रहेको ५ दिन अगाडि भारत बाट पोखरा आएर स्वायब दिई होटेलमा क्वारेन्टिन बसेको जनाईएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।  

बेनीका काेराेना संक्रमित सम्पर्क विहिन

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका  ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन । बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए । काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे […]

बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक १ गते ।  म्याग्दीको बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । संक्रमित पुरुषको स्वाव पोखरामै लिइएको थियो ।  संक्रमित पुरुषको अन्य विवरणहरु लिने प्रयास गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो […]

प्रहरी दिवसका अवसरमा जग्गादाता र सामाजिक अगुवालाई सम्मान

विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान समेत गरेको छ […]

म्याग्दीमा प्रहरीले सुरु ग¥यो घरदैलो कार्यक्रम

विकल्प न्यूज/बेनी असोज२९गते। जिल्ला प्रहरी कार्यालयले चाढपर्व लक्षितर घरदैलो कार्यक्रम सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहारमा गाउँघरमा घटन सक्ने विकृति र विसंगतिलाई न्यूनिकरण गर्न र  कोरोना भाइरस रोकथाम सम्बन्धि जनचेतामुलक कार्यक्रम लिएर प्रहरीको टोली गाउँ पुगेको हो।जिल्लामा रहेका सवै प्रहरी युनिटहरु मार्फत समुदाय साझेदारी कार्यक्रम मार्फत प्रत्येक नागरिकको घर र टोलमा पुगेर जनचेतनामुलक कार्यक्रम […]

म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनि असाेज २८ गते ।  म्याग्दिमा  थप एक जना कोरोना संक्रमीत थपिएका छन । जिल्लाको बेनि नगरपालिका ३ का ३२ बर्षका एक पुरुषमा सक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार म्याग्दीका एक जना सहित प्रदेशमा ४२ संक्रमित […]

अनिल कटुवालको हत्या भएको भन्ने प्रमाण भेटिएको छैन ः प्रहरी (भिडियो)

विकल्प न्यूज/बेनी असोज २६ गते ।गत वैशाख ११ गते ज्यान गुमाएका बेनीका अनिल कटुवाल घटनाका वारेमा प्रहरी अनुशन्धानले अझै दोषी भेटाउन सकेको छैन । रघुगंगा गाउँपालिका–२ भगवति निवासी बेनीको शिक्षा मार्ग वस्ने २७ वर्षीय अनिल कटुवालबेनी–गलेश्वर सडक अन्तरगत डल्लेपिपलमा अचेत अवस्थामा उनी फेला परेका थिए । घटनास्थलबाट उठाएर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका […]

मुक्तिनाथ सहकारीको लगानी ३१ करोड ६० लाख

विकल्प न्यूज/बेनी असोज२४गते।   सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३१ करोड ६० लाख ४६ हजार ८ सय ५३ रुपैयाँ लगानी गरेको जनाएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर शनिबार सम्पन्न गरिएको १३ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ५१ प्रतिशतले लगानी […]

बेनीबाट पोखरा उपचार गर्न गएकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनी असाेज २४ गतेे । म्याग्दीको बेनी नगरपालिका–७ बेनी बजारकी एक महिलामा कोराना संक्रमण पुष्टि भएको छ । उपचारका लागि फेवा सिटी हस्पिटल पोखरामा गएकी उनीमा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बेनीबाट उपचारका लागि गएकी ५४ बर्षिया महिला सहित अस्पतालमा उपचारका लागि पुगेका ६ कोरोना पोजेटिभ देखिएको हो […]

म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा विदेशबाट आई बेनी नगरपालिकाको क्वारेन्टाइनमा वसेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । विदेशबाट आई क्वारेन्टाइनमा बसेका,सरक्षाकर्की र स्वास्थ्यकर्मी गरी २२ जनाको नमुना संकलन गरी २१ गते पोखरा पठाइएका […]

जिसीद्धारा जन्मदिनमा मृगौला पीडित र कैदीबन्दीलाई गरी ५० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज २२ गते । म्याग्दीका युवा व्यवसायी नारायण जिसीले जन्मदिनमा कारागारमा रहेका कैदी बन्दीलाई र मृगौला पीडितलाई सहयोग गर्नुभएको छ । जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गरेर युवा व्यवसायी तथा समाजसेवी जिसीले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । बेनी नगरपालिका–६ छापाका जिसीले जन्मदिनको अवसरमा धवलागिरी गाउँपालिका–६ मा पहिरोमा श्रीमति र दुई […]

सम्बन्धित निकायको वेवस्ताका कारण म्याद गुज्रीएका सामान उपभोग गर्न बाध्य म्याग्दीका उपभोक्ता

विकल्प न्यूज/बेनी असोज २० गते । सदरमुकाम बेनी बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छन् । चाडपर्व लक्षित गरेर बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री बढी भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कालीपुलस्थित बसपार्कका १० वटा पसलहरु अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने लेयर्स, कुरकुरे, […]

ज्यामरुककोटको ऐतिहासिक वास्तविकता

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असोज १९ गते । गाउँ ठाउँमा अनेकौं किम्वदन्तिहरु रहेका हुन्छन् । त्यस्ता किम्वदन्तिहरुमा सत्यताको अंश साह्रै सानो हुन्छ । सत्य कथालाई छोप्नेगरी अनेकौं तिलस्मी उप कथाहरु जोडिएका हुन्छन् । तथ्य एकातिर हुन्छ कथा अर्कोतिर । त्यसैले किम्वदन्तिहरुलाई इतिहास भन्न मिल्दैन । ती इतिहास होइनन् । इतिहास अनुसन्धानका कडी भने त्यस्ता […]