विकल्प न्यूज/बेनी
असोज२९गते। जिल्ला प्रहरी कार्यालयले चाढपर्व लक्षितर घरदैलो कार्यक्रम सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहारमा गाउँघरमा घटन सक्ने विकृति र विसंगतिलाई न्यूनिकरण गर्न र कोरोना भाइरस रोकथाम सम्बन्धि जनचेतामुलक कार्यक्रम लिएर प्रहरीको टोली गाउँ पुगेको हो।जिल्लामा रहेका सवै प्रहरी युनिटहरु मार्फत समुदाय साझेदारी कार्यक्रम मार्फत प्रत्येक नागरिकको घर र टोलमा पुगेर जनचेतनामुलक कार्यक्रम गरिएको प्रहरी नायव उपरिक्षक किरण जङ्ग कुँवरले बताउनुभयो । उक्त टोली जिल्लाभर परिचालित भएको उहाँले बताउनुभयो । सामाजिक दुरी कायम गरेर सर्वसाधरणहरुलाई सुसुचित गर्ने कार्य भएको उहाँले बताउनुभयो ।समाजमा रहेको महिला तथा बालबालिका माथि हुने हिंसा,लागू औषध,मदिरा जन्य प्रदार्थको दुरुपयोग र चोरीका घटनाका विरुद्धमा सर्वसाधरणहरुलाई सचेत बनाउन प्रहरी टोली नागरिकको घरघरमा पुगेको उहाँले बताउनुभयो ।