बेनीबाट पोखरा उपचार गर्न गएकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनी

असाेज २४ गतेे ।


म्याग्दीको बेनी नगरपालिका–७ बेनी बजारकी एक महिलामा कोराना संक्रमण पुष्टि भएको छ । उपचारका लागि फेवा सिटी हस्पिटल पोखरामा गएकी उनीमा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बेनीबाट उपचारका लागि गएकी ५४ बर्षिया महिला सहित अस्पतालमा उपचारका लागि पुगेका ६ कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमति महिलाका बारेमा स्वास्थ्य कार्यालय म्याग्दीले थप जानकारी लिइरहेको प्रमुख एकनारायण लम्सालको भनाई छ ।

‘थप एक महिलामा कोरोना देखिएको छ,‘संक्रमतिको परिवारमा कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु हुन्छ’ लाम्सालले भन्नुभयो । संक्रमित महिला पोखरामै उपचारको क्रममा रहेकाको लम्सालको भनाई छ ।

संक्रमति महिलाको स्थायी ठेगाना बागलुङ भएपनि बेनीबजारमा बस्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको भनाई छ। असोज २० गते उपचारका लागि पोखरा गएको बताइएको छ ।