बेनी नगरपालिका
परिश्रमी युवा ः भैंँसी गोठमा रमाउँदै सुरेश (फोटोकथा)

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २८ गते । ‘विहान ४ बजे देखि साँझसम्म भैंँसी गोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याएपछि बल्ल मलाई आरम मिल्छ । १० वर्ष अरबको खाडीमा बसे मन शान्ति भएन । गाउँफर्किएर भैंसीपाल्न थालेँ । अहिले मासिक एकलाख देखि डेढलाख सम्म बचाउँछु,’ बेनी नगरपालिका ७ […]
राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला सम्पन्न

विकल्प न्यूज/बेनी साउन २७ गते । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा […]
अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी साउन २७ गते । सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार […]
बेनीको न्यूरोडका दुई पसलमा आगलागी हुँदा लाखौंको क्षति

विकल्प न्यूज\बेनी साउन २६ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएको छ । जिवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेका रघुगंगा डेरी र नयन स्टोर्समा आगलागी भएको हो […]
बेनीकाे न्युरोडमा आगलागी

विकल्प न्युज/ बेनी साउन २६ गते । बेनीकाे न्युराेडमा आगलागी भएकाे छ । मंगलबार रााति साढे दुईबजे तिरबाट डेरि र खाद्यान्न पसलमा आगलागी भएको हाे । अहिले प्रहरी ले निभाउने प्रयास गरेकाे छ । निभाउन दमकलकाे प्रयाेग गरिएको छ ।
यी हुन अस्पताल भवन अलपत्र पार्ने ठेकेदारहरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन २५ गते । म्याग्दीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण व्यवसायीका कारण अलपत्र परेको छ । पछिल्लो एकवर्ष यता निर्माण स्थलमा स्रोतसाधन र मजदुर परिचालन गरिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु सम्पर्कविहिन भएका छन् । ठेकेदारहरुको लापरबाहीका कारण भवन अलपत्र अवस्थामा छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको यो लापरबाहीलाई […]
एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २४ गते । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मुहारमा खुसी छाएको […]
व्यवस्थापन समिति र शिक्षकले थाले विद्यालय सुधारको प्रयास

विकल्प न्यूज/बेनी साउन २२ गते । यहाँको एक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई निजी बोर्डिङ स्कुलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक सुधारको प्रयास थालेका छन् । बेनी नगरपालिका १ रत्नेचौर स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिले अभिभावकहरुमा विद्यालयप्रतिको विश्वास जगाउन यस्तो प्रयास थालेको हो । शिक्षक,व्यवस्थापन समितिका सदस्य र गाउँका टाठाबाठाहरुले […]
बेनीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी

म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । रासस
भूमि आयोग म्याग्दीको ५ महिनाको खर्च करिब १२ लाख

विकल्प न्यूज/बेनी साउन २० गते । भूमि सम्बन्धि समास्या समाधान आयोग म्याग्दीले पाँच महिनाको अवधिमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७ / ०७८ का लागि प्राप्त भएको १८ लाख ३० हजार ७ सय ३५ मध्य असार मसान्त सम्म ११ लाख ८० हजार चालिस रुपैयाँ खर्च भएको हो । जिल्ला समन्वय […]
सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध

विकल्प न्यूज/बेनी साउन ५ गते । विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा संगठनले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिको विरोध गरेको छ । मंगलबार बेनीमा सो संगठनले बेनीको कालिपुल स्थित वसपार्कमा भाडा वृद्धिको विरोध गर्दै नाराबाजी गरेको छ । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधबुज […]
फेरी बढ्न थाल्यो कोरोना ः २२ जनामा परिक्षण गर्दा १२ जना संक्रमित

विकल्प न्यूज/बेनी साउन ५ गते । म्याग्दीमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । केही हप्ता यता संक्रमण कम भएकोमा फेरी बढ्न थालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधज्ञालाई खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिन थालेको छ । संकास्पद २२ जनाको […]
ज्यामरुककोट मन्दिर जाने पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी असार २५ गते । बेनी नगरपालिका २ भकुण्डे स्थ्ति ज्यामरुककोट जाने पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिकाको १० लाख रुपियाँमा पदमार्ग निर्माण गरिएको हो । ज्यामरुककोटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा वडा कार्यालय जुटेको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा कन्थराथान देखि एकसय ८० मिटर पदमार्ग […]
पत्रकार महासंघको संस्थागत विकासका लागि स्थानीय तहको साथ

विकल्प न्यूज/बेनी असार २५ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय तहहरुले रु. तीन लाख ६० हजार […]
बेनी आसपासमा ठुलठुला पहिरा (तस्विर )

विकल्प न्यूज/बेनी असार २५ गते । बेनी बजार आसपासमा ठूलाठूला पहिरो जानथालेका छन् । शुक्रबार बेनी सामुदायिक विद्यालय माथि बेनी अर्थुङ्गे सडकमा बराहपाखोबाट पहिरो खसेको छ । त्यसैगरी माउन्ट एभरेष्ट विद्यालय नजिक पनि ठूलो पहिरो खसेको छ । पहिरोले गर्दा बेनी अर्थुङ्गे सडक पूर्णरुपमा बन्द हुनपुगेको छ । सडक खुलाउन अझै प्रयास भएको छैन । […]