अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी
साउन २७ गते ।

  सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ।

मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो ।

प्रहरीका अनुसार दुवै पसलमा ५० लाख बराबरको धनमालमा क्षति पुगेको थियो । आगलागीबाट ठुलो आर्थिक क्षति ब्यहोरेका ब्यवसायीद्धयलाई उद्योग वाणिज्य संघले २ लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

  संस्थाको ब्यवसायी हितकोषबाट ५० हजार, संघका पुर्व अध्यक्ष, वर्तमान कार्यसमिति र आमन्त्रित सदस्यबाट रुप १ लाख ५० हजार र महिला उद्यमी कार्य समितिबाट उठाइएको ३९ हजार ५५० रुपैयाँ सहयोग जुटेको थियो ।
उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा दुवै ब्यवसायीलाई १ लाख १९ हजार ७७५ रुपैयाँको दरले राहत रकम हस्तान्तरण गरिएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

दुई ब्यवसायीलाई संघका अध्यक्ष बेलबहादुर कटुवाल निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य र महिला उद्यम विकास समितिका सभापति लक्ष्मी कार्की लगायतको उपस्थितमा आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।