परिश्रमी युवा ः भैंँसी गोठमा रमाउँदै सुरेश (फोटोकथा)

ठाकुरप्रसाद आचार्य / म्याग्दी
साउन २८ गते ।

  

 ‘विहान ४ बजे देखि साँझसम्म भैंँसी गोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याएपछि बल्ल मलाई आरम मिल्छ । १० वर्ष अरबको खाडीमा बसे मन शान्ति भएन । गाउँफर्किएर भैंसीपाल्न थालेँ । अहिले मासिक एकलाख देखि डेढलाख सम्म बचाउँछु,’ बेनी नगरपालिका ७ कुरीलाखर्कका युवा सुरेश ढुङ्गाना भन्नुहुन्छ ।

३७ वर्षीय ढुङ्गाना जिल्लामै नमुना कृषकका रुपमा परिचित हुनुहुन्छ । ८ वर्ष अगाडि ढुङ्गाना कृषि तथा पशुपंक्षि फर्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएको ढुङ्गानाको फर्ममा यतिखेर २१ मुर्रा जातका भैंँसी र दुईवटा जर्सी गाई दुहुना छन् ।
दुई वटा भैसींबाट सुरु गरेको व्यवसायमा अहिले पचास लाख रुपियाँ जति लगानी भइसकेको छ । भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

मलाई अमेरिका यही, मलाई जापान पनि यही भनेजस्तै भएको छ युवा कृषक ढुङ्गानाले भन्नुभयो ‘१० वर्ष अरबको खाडीमा वित्यो, स्वदेश फर्किएपछि साथीहरुले अमेरिका जाउ भनेका थिए, मलाई मन लागेन यतै भैंसीपालन व्यवसाय सुरु गरे ।’ लाखौं रकम खर्चिर विदेश जानुभन्दा गाउँघरमै पशुपालन व्यवसाय गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदारहण ढुङ्गानाले दिनुभएको छ ।

मासिक रुपमा करिब ५ लाख भन्दा बढीको दुध बिक्री गर्ने उहाँले बताउनुभयो । घाँस,दाना र अन्य खर्च कटाएर मासिक डेढलाख रुपियाँ आम्दानी हुने ढुङ्गानाले सुनाउनुभयो ।

बेनीबजारमा प्रतिलिटर ९० रुपियाँमा सहजै दुध विक्री हुने उहाँले बताउनुभयो । विहान र बेलुका गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दुध ढुङ्गानले दुध पु¥याउनुहुन्छ । ‘राम्रो दुध दिन सके बजारको अभाव छैन । पानी नमिसाएको खाटी दुध नै विक्री गर्दछु,’ ढुङ्गानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्न सके राम्रो आम्दानी लिन सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । विदेशमा आर्जन गरेको पुँजी र सीपलाई स्वदेशमा लगानी गर्न सके राम्रो आम्दानी लिन सकिने ढुङ्गानाले उदाहरण प्रस्तुत गर्नुभएको छ । पाँचरोपनी जग्गामा फर्म बनाउनुभएका ढुङ्गानाले भविष्यमा अझै विस्तार गर्ने योजना उहाँको छ । उहाँले फर्ममा दुईजनालाई रोजगारी समेत दिनुभएको छ ।

ढुङ्गाना भैंसीको स्याहार सुसारदेखि दुध दुहुने काममा आफै खटिनुहुन्छ । ‘अरु विदेशमा गएर भाँडा माझ्छन् । म आफ्नै फार्ममा भैंसी दुहुँदा रमाउँछु, मलाई काम सानो ठूलो लाग्दैन । सुरुसुरुमा दुध बोकेर बजार जाँदा लाज लाग्थ्यो अहिले गर्व लाग्छ,’ ढुङ्गाना भन्नुहुन्छ ।