विकल्प न्यूज/बेनी
असार २५ गते । बेनी बजार आसपासमा ठूलाठूला पहिरो जानथालेका छन् । शुक्रबार बेनी सामुदायिक विद्यालय माथि बेनी अर्थुङ्गे सडकमा बराहपाखोबाट पहिरो खसेको छ । त्यसैगरी माउन्ट एभरेष्ट विद्यालय नजिक पनि ठूलो पहिरो खसेको छ । पहिरोले गर्दा बेनी अर्थुङ्गे सडक पूर्णरुपमा बन्द हुनपुगेको छ । सडक खुलाउन अझै प्रयास भएको छैन । ठूला ठूला पहिरा खसेका कारण सडक खुलाउन दुई दिन लाग्ने देखिन्छ । ट्राफिक कार्यालय बेनीले सडकको अवस्था बुझेर फर्किएको छ । यसैगरी ठाउँठाउँमा खसेका पहिरोका कारण बेनी –जोमसोम र बेनी दरबाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।