बेनी नगरपालिका
लोकप्रियता कमाउँदै आमा समूहको नौमती बाजा

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), पुस २४ गते । गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले […]
कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो । लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम […]
म्याग्दी जेसीजको अध्यक्षमा सुमन बानियाँ निर्वाचित

विकल्प न्यूज/बेनी पुस २३ गते । म्याग्दी जेसिजको अध्यक्षमा सुमन बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको जेसिजको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी […]
म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हँुदै जाने बताउनुभयो […]
डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो

प्रताप बानियाँ\म्याग्दी पुस २२ गते । बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र बेनी […]
बेनी स्थित कालीगण्डकी नदीको शिला अयोध्या पठाउने तयारी

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २१ गते । शालिग्राम पाइने नदीका रुपमा परिचित कालिगण्डकीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको आयोध्यामा पठाउन अध्ययन थालिएको छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिलालाई भारतको अध्योध्यामा लगेर भागवान रामको मुर्ती बनाउन प्रयोग गरिने भएको हो । शिलाको खोजी र अध्ययन गर्न […]
बेनी नगरका २५ सय जनाको आँखा परिक्षण

विकल्प न्यूज/बेनी पुस २१ गते । बेनी नगरपालिका भित्रका दुईहजार पाँचसय जनाको आँखा परिक्षण गरिएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा तिनदिन सम्म सञ्चालित शिविरमा विद्यालयमा अध्ययनरत बालबालिका र बृद्धआश्रमका ज्येष्ठ नागरिकको आँखा परिक्षण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जोगाउँ अभियान अन्तरगत गलेश्वर मावि, राष्ट्रिय […]
होटल व्यवसायी महासंघको सचिबमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल चयन

विकल्प न्यूज\बेनी पुस २० गते । चितवनमा बुधवार सम्पन्न भएको होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिबमा म्याग्दीका होटल व्यवसायी ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा सम्पन्न महासंघको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रीय सदस्यमा म्याग्दीकै युवा होटल व्यवसायी सागर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । आचार्य बेनीमा होटल याक […]
चर्चित कलाकार ‘महजोडी’ बेनीमा

विकल्प न्यूज\बेनी पुस २० गते । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो । नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत म्याग्दीमा सिटिजन लाइफ […]
सिंगाका किसानले फलाए एककरोडका सुन्तला

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २० गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाकी देवी क्षेत्रीको सुन्तला बगैँचा गत असोजको पहिलो हप्तामानै बिक्री भयो । बास्कुनाकै दिर्घबहादुर खत्रीको बगैँचा पनि असोजमै विक्री भयो । असोजमा पेश्कीवापतको रकम बुझाएका पोखरा,काठमाण्डौं,चितवनका सुन्तला व्यापारीहरु यतिखेर वाँकी पैसा बुझाएर सुन्तला टिप्न आएका छन् । बेनी नगरपालिका ४ सिंगाका किसानहरुले यो वर्ष मात्र […]
बेनी स्थित कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १९ गते । म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा सञ्चालन सुरु गरिएको छ । जलयात्राको राम्रो संभावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको संगम स्थलसम्म जलयात्रा सञ्चालन सञ्चालन गरेको हो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुल स्थित गण्डकी होटल सँगको सहकार्यमा […]
नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले जितेको छ । प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो । त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण,१० रजत र ९ काश्य […]
जिल्लाको शैक्षिक विकासमा म्याग्दी क्याम्पसको योगदानको चर्चा

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको शैक्षिक विकासमा म्याग्दी क्याम्पसले पु¥याएको योगदानको चर्चा भएको छ । जिल्लाको समग्र शैक्षिक विकासको नेतृत्व गरेको क्याम्पसले शैक्षिक जनशक्ति उत्पादनका हिसावमा अब्वल भएको कार्यक्रमका वक्ताहरुले चर्चा गरेका छन् । पछिल्ला केही वर्ष यता क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि हुँदै जानु र क्याम्पसबाट उत्पादित जनशक्ति प्रशासनीक,राजनीतिक लगायतका क्षेत्रहरुमा पुग्नु क्याम्पसको […]
जनतालाई कानुन अनुसारको सेवा सहज रुपमा उपलब्ध हुन्छः नवआगन्तुक प्रजिअ पौडेल

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभएको छ। सोमबार जिल्लामा कार्यरत पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई सहजीकरण गर्ने जनाउनुभएको हो । ग्हमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही […]
कालिगण्डकीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालन

विकल्प न्यूज/बेनी पुस १८ गते । सदरमुकाम बेनी बजारको कालिपुल स्थित वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याउनुभएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घाटन गर्नुभयो । बेनी जोमसोम कोरला सडकको प्रवेशद्धारका […]