बेनी नगरपालिका

स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी भदौं २२ गते । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै […]

बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित

विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८५ सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन […]

मगर भाषाको संरक्षण गर्न सिंगामा एकमहिने प्रशिक्षण

विकल्प न्यूज\बेनी भदौं १७ गते । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिंगाको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ […]

म्याग्दीमा काँग्रेसबाट कसले पाउला संघको टिकट ?

विकल्प न्यूज/बेनी भदौं १६ गते । आगमी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीमा उम्मेदवारको चर्चा हुनथालेको छ । केन्द्रमा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच सिट बाँडफाँडको छलफल चलिरहँदा म्याग्दीमा काँग्रेस भित्र पनि आगमी निर्वाचनका लागि उम्मेदवारका वारेमा छलफल सुरु भएको हो । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी […]

प्रदेश समितिबाट काँग्रेसका उम्मेदवार सिफारिस

विकल्प न्यूज/बेनी भदौं १४ गते । आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार सिफारिस थालेको छ । काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र समितिको वैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेर जिल्ला समितिलाई पठाएको छ । सोमबार बेनीमा भएको प्रदेश क को भेलाले प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम […]

हाडेभीरमा सुख्खा पहिरो(फोटो)

विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार सुख्खा पहिरो खसेको छ । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल यात्री घाईते भएका थिए । जोखिम बढेपछि शुक्रवार दिउसो देखि […]

धाईरिङका जनप्रतिनिधि मुखदर्शक बने पराजित उम्मेदवारले अवरुद्ध सडक खुलाए

विकल्प न्यूज/बेनी भदौं ९ गते । पर्वतको जलजला गाउँपालिका ७ मा महिनौ देखि अवरुद्ध भएको सडक खुलेको छ । मिलनचोक – सल्यान– गुन्टेखेत– घायखेत –धारापानी सडक  अन्तर्गत विभिन्न स्थानहरुमा बाढीपहिरोका कारण दुईमहिना देखि अवरुद्ध थियो । सडक खुलाउन स्थानीयहरुले गरेको माग सुनुवाई भएको थिएन । महिलाहरुको पर्व हरितालिका तीजमा आवतजावत गर्ने दिदिबहिनीहरुलाई सहज बनाउन गत […]

जलजलामा सहकारीका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम

विकल्प न्यूज/जलजला भदौं ९ गते । पर्वतको जलजलामा सहकारीका पदाधिकारीहरुलाई दुईदिने क्षमता अभिवृद्धिको तालिम दिइएको छ । जलजजला गाउँपालिका कृषि तथा सहकारी विकास शाखाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सहकारीका पदाधिकारी तथा व्यवस्थापकहरुलाई सहकारी व्यवस्थापन तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिइएको हो । बुधवार र विहिवार सञ्चालन […]

बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज […]

एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीमा सञ्चालन भएको एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समुहले हात पारेको छ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवले जितेको हो । शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३का […]

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

विकल्प न्यूज/बेनी भदौं ४ गते । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र व्यवहारले कम्युनिष्ट नभई […]

‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन

विकल्प न्यूज/बेनी साउन ३१ गते । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । बिमोचनका क्रममा जिसस प्रमुख […]

साउन महिनामा गलेश्वरधाममा १८ लाख भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वरधाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मंगलवार कोषले साउन महिनामा भक्तजनहरुबाट दान तथा […]

साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसपालीको साउन महिनामा ५ […]

कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

विकल्प न्यूज/बेनी साउन २९ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका […]