बेनी नगरपालिका

यसरी हुँदै छ बेनी बजार संरक्षण

विकल्प न्यूज/बेनी पुस १६ गते ।   म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ । चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ […]

आनन्दबगरका रुद्रबहादुर म्याग्दीका नमुना कृषक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस १४ गते ।थोरै समयमा धेरै कमाउने आशा पालेर बेनी नगरपालिका १ आनन्द बगरका रुद्रवहादुर थापा २८ वर्षको उमेरमा साउदी अरब हानिनुभयो । ६ वर्ष साउदी अरबमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी भएन । साउदीमा राम्रो आम्दानी नभएपछि गाउँ फर्किएर थापाले व्यवसायिक तरकारी खेती थाल्नुभयो । थापा अहिले जिल्लामै नमुना […]

गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।  गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला […]

डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

सन्तोष गौतम/ विकल्प न्यूज बेनी १० ।   बेनी नगरपालिका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी भएको उपभोक्ता […]

जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]

प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु (भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ । वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा […]

पुरानै कार्यशैलीका कारण विकासको कामले गति लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ गते । परम्परागत कर्मचारी प्रशासन, नयाँ संरचना र समन्वयको अभावमा म्याग्दीका स्थानीय तहले अपेक्षाकृत रुपमा विकासको कामलाई गति दिन सकेका छैनन् । राजनीति र प्रशासनीक नेतृत्वबिच तालमेल अभाव देखिएको छ । कार्यशैलीमा परिवर्तन नआउँदा कर्मचारीले चलाउँदाको र अहिलेको अवस्थामा खासै भिन्नता नभएको सर्वसाधारण बताउँछन् । नयाँ संरचना, क्षेत्राधिकार र नीतिगत […]

म्याग्दीखोलाको पानी लभ्लीडाँडामा पुगेपछि स्थानीय दङ्ग

विकल्प न्यूज/बेनी पुुस ५ गते । तरकारी खेतीको पकेट क्षेत्र बेनपा २ खबराका कृषकले नयाँ प्रबिधिको सिँचाई आयोजना निर्माण गरेका छन् । लिफ्ट प्रबिधिको सिँचाई आयोजना निर्माण गरेर बेनी बजार नजिकैको हाँडेभिरबाट म्याग्दी नदीको पानी तानेर लभ्लीहिलको डाँडाँमा पु¥याएका हुन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा खबराको राधाकृष्ण कृषि सहकारी संस्थाले जिल्लामै पहिलो पटक […]

बेनी नगरपालिका – फोहोर व्यवस्थापनमा किन भयो असफल !

सन्तोष गौतम/विकल्प न्यूज पुस ३ गते । रातोपहिरो स्थित फोहोरको थुप्रोमा आगो लगाईएपछि निस्कीएको दुषित घुँवाको मुस्लो । तस्विर सन्तोष गौतम, नवविकल्प बेनी बजारको फोहोर व्यवस्थापनका लागि “ल्याण्डफिल साइट” निर्माण गर्ने योजना एकादेशको कथा जस्तै बनेको छ । सरोकारवालाले प्राथमिकता दिएपनि ठोस काम नहुँदा ल्याण्डफिल साइट बनाउने दसकौदेखिको योजना अधुरो छ । “ल्याण्डफिल साइट” निर्माण […]

लगानी मैत्री वातावरण बनाउन सांसदलाई व्यवसायीको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, २६ मंसिर । म्याग्दी उद्योग बाणिज्य संघले मंगलबार नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ ।  संघिय सांसद भुपेन्द्र थापा, प्रदेश सांसद नरदेवी पुन र विनोद केसीलाई उद्योग बाणिज्य संघका पदाधिकारीहरु र ब्यवसायीले सम्मानका साथै बधाई ज्ञापन गरेका हुन् । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको बद्याई तथा शुभकामना […]

बेनी बजार संरक्षण अायाेजनाले तिब्रता पायाे

विकल्प न्युज । बेनी मंसिर १८ गते । नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाम मध्यमा पर्ने म्याग्दीको बेनी बजार संरक्षण आयोजनाले तिब्रता पाएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक वर्षमा […]

बेनी साक्षर घाेषणा ः किन भयाे तथ्याङ्कमा गोलमाल

सन्तोष गौतम । विकल्प बेनी १८ मंसिर । म्याग्दीको बेनी नगरपालीकालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालीका कार्यालयले सदरमुकाम स्थित बेनी सामुदायीक मावि परिसरमा आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो । नगरपालीकाका ९६.८२ प्रतिशत नागरीक साक्षर बनेको घोषणा गरिएपनि सो कार्यक्रममा लक्षित समुदायको जनसंख्या भने सार्वजनिक गरिएन् […]

बेनीमा वाम गठबन्धनको घरदैलो

सन्तोष गौतम/बेनी बेनी ५ मंसिर । पार्टी एकताको घोषणा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनीमा संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र क का माओवादी केन्द्रका बिनोद केसी र प्रदेशसभा क्षेत्र खका एमालेका नरदेवी पुनलाई […]

गलेश्वरमा शतबीज छर्नेको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ मंसिर ।म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि शुक्रबार झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका […]

घतानमा आमसभा ः म्याग्दीको विकासको लागि वाम उम्मेद्वारलाई मतदान गर्न आग्रह

विकल्प न्यूज/बेनी म्याग्दी २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत गर्दै विकास र […]