ताजा समाचार:
Search

आनन्दबगरका रुद्रबहादुर म्याग्दीका नमुना कृषक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
पुस १४ गते ।DSC_0962थोरै समयमा धेरै कमाउने आशा पालेर बेनी नगरपालिका १ आनन्द बगरका रुद्रवहादुर थापा २८ वर्षको उमेरमा साउदी अरब हानिनुभयो । ६ वर्ष साउदी अरबमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी भएन । साउदीमा राम्रो आम्दानी नभएपछि गाउँ फर्किएर थापाले व्यवसायिक तरकारी खेती थाल्नुभयो । थापा अहिले जिल्लामै नमुना कृषकको पहिचान बनाउन सफल हुनुभएको छ ।DSC_0995गाउँघरको जग्गा जमिन बाँझो राखेर साथीभाईको लहलहीमा साउदी अरब पुगेर कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि स्वदेश फर्किएर व्यासायिक तरकारी खेती सुरु गरेको थापाले बताउनुभयो । विगत १४ वर्ष देखि पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका थापाले जिल्लामा आयोजना हुने विभिन्न कृषि कार्यक्रमबाट यो अवधिमा एक दर्जन जति सम्मान र पुरस्कार पाउन सफल हुनुभएको छ ।DSC_1009पुरस्कार र सम्मानले आफुलाई कृषि खेतीमा लाग्न हौशला मिलेको थापाले बताउनुभयो । कृषि पेशाा साच्चिकै सम्मानजनक पेशा रहेछ थापाले भन्नुभयो,‘कृषि पेशा अंगालेकोमा मलाई अहिले गर्ब लाग्छ ।’ पछिल्लो समय कृषि पेशालाई सवैतिर सम्मानका रुपमा लिएकाले आफू उत्साहित भएको उहाँको भनाई छ । DSC_1023विदेशमा गर्ने परिश्रम आफ्नै माटोमा गर्ने हो भने राम्रो पैसा कमाउँन सकिन्छ भनेर वैदेशिक रोजगार छाडेर कृषि पेशामा लागेको थापा बताउँनुहुन्छ । विसं २०५१ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएका थापा २०५७ सालदेखि स्वदेश फर्किएर व्यवसायिक तरकारी खेती गर्न थालेको उहाँले बताउँनुभयो । साउदीमा कमाएको पैसा र तरकारी खेतीको आम्दानीले बागलुङमा सानो घर बनाएको थापाले बताउनुभयो ।DSC_1026थापालाई परिवारका अन्य सदस्यहरुले पनि सगाउने गरेका छन् । उन्नत विउ विजन र नयाँ प्रविधिको प्रयोगले तरकारी खेतीमा थोरै लगानीबाट धेरै कमाउन सकिने थापाको अनुभव छ । जिल्ला कृषि विकास कार्यालयबाट उपलब्ध गराउने तालिम र अनुदानको कार्यक्रमले आफूलाई ठूलो राहत मिलेको उहाँको भनाई छ ।DSC_0956अहिले पाँच रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएका थापाको मासिक आम्दानी दुइलाख देखि ३ लाखसम्म हुनेगर्छ । थापाले २०७२ सालमा जिल्ला स्तरीय उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार समेत पाउनुभएको छ । जिल्ला स्तरीय पुरस्कार धेरै पाइयो थापाले दावी गर्दै भन्नुभयो,‘अव केन्द्रीय स्तरको पुरस्कार पाउन आशा छ ।’

घर परिवारसँगै बसेर आफ्नै माटोमा रमाउँदा आनन्दको अनुभूति मिल्ने उहाँले बताउनुभयो । थापाको पाँच रोपनी जग्गाभरी यतिखेर तरकारीले भरीभराउँ छ । काउली,बन्दा र गोलभेडाले खेत भरीएको छ । थापाले जिल्ला कृषि विकास कार्यालयको दुइलाख अनुदान र आफ्नो एकलाख गरि तिन लाख रुपियाँ खर्चिएर प्लास्टिक टनेल घर निर्माण गर्नुभएको छ ।

टनेल भित्र थापाले गोलभेडा खेती गर्नुभएको छ । तरकारी खेतीमा थापाले कमाउनुभएको नाम र दामबाट प्रभावित भएर गाउँका अन्य युवाहरु पनि तरकारी खेती गर्न थालेको स्थानीय अमर बोगटीले बताउनुभयो । यहाँका कृषकहरुले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन गरे जति तरकारी बेनीबजारमा विक्री हुन्छ । बेमौसमी तरकारी उत्पादन गर्न सके व्यापारी खरिद गर्न घरमै आउने कृषकहरु बताउँछन् ।DSC_1009जिल्लामा व्यावसायिक कृषि पेसामा लाग्नेहरुको लहर नै चलेको छ । जिल्लामा अहिले दुईसय भन्दा धेरै युवा व्यवसायिक कृषि पेसामा संलग्न रहेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । स्वेदशमा रहेका युवा भन्दा पनि विदेशबाट फर्केर कृषिमा पेसा लागेकाहरुको संख्या जिल्लामा धेरै छ । म्याग्दीमा पछिल्लो समयमा कृषि पेसामा युवाको आकर्षण बढ्दै गएको छ ।DSC_0957DSC_0956DSC_0982