बेनी नगरपालिका

बेनीमा नौ किलोमिटर नयाँ सडक निर्माण

विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका क्षेत्रमा गत आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो । १८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ […]

बिरामीलाई आएको सहयोग जनप्रतिनिधिको खल्तीमा

विकल्प न्यूज/बेनी साउन ९ गते ।  एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा स्थानीय ७० बर्षीय […]

बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बेनीका आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारी र निजी […]

गलेश्वरमा करिब तिन लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ साउन । बेनी नगरपालिका ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तिन लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ८८ हजार २७१ रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनिक गरेको […]

गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे

प्रताप बानियाँ/ विकल्प म्याग्दी, साउन ७ ।म्याग्दीको बेनी नगरपाविकल्प गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुले घुइँचो लागेको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेका छन् । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट […]

नेकपा म्याग्दीले मनायो पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, ७ साउन । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस मनाएको छ । नेकपा सस्थापक नेता पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा म्याग्दीका नेता तथा कार्यकताको उपस्थितमा पाटी कार्यालय बेनीमा पुष्पलालको फोटोमा माल्यार्पण गर्दै मनाएका हो । नेकपा नेता गोविन्द्र पौडेलको अध्यक्षतामा भएको […]

बेनी नगरपालिकाको ९१.३३ प्रतिशत बजेट खर्च

सन्दिप शर्मा/विकल्प न्यूज साउन ४ गते । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा ९१.३३ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक सुरक्षा भत्ता सहित ४८ करोड ८८ लाख ३८ हजार बजेट बिनियोजन भएकोमा ४४ करोड ६४ लाख ४८ हजार ९ सय ४७.१८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । चालु तर्फ ३३ करोड ७८ लाख […]

बेनीमा एकिकृत सम्पत्ती कर लागू

सन्तोष गौतम/ विकल्प म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४/ ०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने नगर […]

सिफ्फो टु परियोजनाद्धारा परिवार नियोजनका सामाग्री सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ साउन । म्याग्दीमा सञ्चालित परिवार नियोजन सेवा सुदृढीकरण परियोजना (सिफ्फो टु)ले स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेको छ । बेनीमा बुधबार आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन सेवा प्रवाहमा प्रयोग हुने औजारहरु उपलब्ध गराइएको हो । पिपीआईसीडि १८ सेट, आईयुसीडि ४३ सेट, भिरेक्स २१ सेट, भ्यासेक्टोमी ३ सेट, सर्जीकल ड्रम तिन सेट, […]

बेनपा ६ मा मदिरा नियन्त्रणको पहल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन  । बेनी नगरपालिकाको ६ नम्बर वडामा मदिरा नियन्त्रणको पहल थालीएको छ । वडाका जनप्रतिनिधिहरुको सोमबार बसेको बैठकले मदिरा नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनका कारण सामाजिक अपराध, बिकृती, बिचलन, सद्भाव र शान्ति सुरक्षामा असर, घरेलु हिंसामा बढोत्तरी भएपछि नियमनका लागि […]

विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा मस्त

सन्दिप शर्मा/बेनी बेनी ३२ असार ।    नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् । आर्थिक बर्षको अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् ।कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राबिधिक लगायत […]

शून्य दरबन्दिका सामुदायिक विद्यालयलाई एक करोड भन्दा बढी अनुदान वितरण

विकल्प न्यूज /बेनी असार ३२ गते । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले एक करोड रुपैयाँ भन्दा बढी अनुदान पाएका छन् । समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख ९७ हजार […]

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

प्रताप बानियाँ/धिरन खत्री म्याग्दी, असार २९ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बेनी नगरपालिकाका स्थानीय बासिन्दाहरुले […]

उद्यमी र सामुदायिक संस्था पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ असार । गरिवी निवारण कोषले परिचालन गरेको घुम्ती कोषबाट ऋण लिएर नमुना उद्यम व्यवसाय गर्ने म्याग्दीका उद्यमी र सामुदायीक संस्थालाई बिहीबार बेनीमा पुरस्कृत गरिएको छ । गरिबी निवारण कोष र जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा दुई वटा सामुदायीक संस्था, एक वटा उत्पादन समूह र दुई जना उद्यमी पुरस्कृत भएका […]

शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी २७ असार ।  म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रजिअ लिलाधर अधिकारीले […]