बेनीमा नौ किलोमिटर नयाँ सडक निर्माण

विकल्प न्यूज/बेनी
साउन ९ गते । IMG_8864बेनी नगरपालिका क्षेत्रमा गत आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो ।

१८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ किमी सडक कालोपत्रे र ढलान, ४१ वटा योजनाबाट २७ किलोमिटर सडक मर्मत सम्भार भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

२२ वटा खानेपानी आयोजना निर्माण गरेको नगरपालिकाले १६ हजार मिटर खानेपानी पाईपलाईन विस्तार र आनन्दबगर, अर्थुंगे, कुरीलाखर्क र डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको जनाएको छ । १३ वटा सिँचाई योजना, ३५० मिटर ढलको नाली, ९ वटा सार्वजनिक शौचालय निर्माण र बेनी बजारको फोहोर व्यवस्थापन केन्द्र निर्माण कार्य सुरु भएको, बधशाला निर्माण भएको नगरपालिकाले जनाएको छ । क्याम्पसचोकमा बाढी, पहिरो रोकथाम गर्न १०२ थान तारजाली ग्यावीयन पर्खाल र ७०० बिरुवा रोपीएको छ ।

पहिरो तथा नदी कटान रोकथामका लागि ३४० थान ग्यावीयन पर्खाल लगाइएको र १८१ थान ग्यावीयन जोखिम न्युनीकरणका लागि वितरण गरिएको नगरपालिकाले जनाएको छ । आठ वटा विद्यालय भवन मर्मत, ३० वटा सामुदायिक भवन निर्माण तथा मर्मत लगायतका भौीतक प्रगति भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।