बेनी नगरपालिका
जिसस सभाहल निर्माण अघि वढ्यो
विकल्प न्यूज/बेनी माघ ११ गते । संघियता कार्यान्वयन सँगै अलपत्र अवस्थामा रहेको जिल्ला समन्य समितिको सभाहल निर्माण योजना अगाडि बढाइने भएको छ । निर्माणधीन अवस्थामा रहेको सभाहल संघियता कार्यान्वयन सँगै विचमै रोकिएको थियो । तत्कालिन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट विनियोजन भई सभाहल निर्माण अगाडि बढाइएको थियो । सभाहल सम्पन्न नहुँदै मन्त्रालय खारेजीमा परेपछि दुइवर्ष […]
योजना कार्यान्वयनमा जुट्यो पूर्वाधार विकास कार्यालय
विकल्प न्यूज/बेनी माघ ११ गते । जिल्लाको सडक र मोटरेबल पुलको योजनाका लागि गण्डकी प्रदेशबाट विनियोजन भएको योजना तथा बजेट कार्यान्वयनमा पूर्वाधार विकास कार्यालय बेनी जुटेको छ । आर्थिक वर्ष २०७५\७६ को लागि प्रदेश सरकार मार्फत विनियोजनका योजनालाई कार्यान्वय गर्नका लागि कार्यालयले म्याग्दी र मुस्ताङका विभिन्न ६ वटा योजनाहरुलाई ठेक्का लगाउनको लागि बोलपत्र आह्वान गरीसकेको […]
राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो
विकल्प न्यूज/बेनी माघ १० गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको शाखाका प्रबन्धक […]
सडकमै चालकको प्रेसर र आँखा परिक्षण
विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा दुर्घटना भएको हुँदा […]
पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
गोपाल छन्त्याल/अस्ट्रेलिया माघ १० गते । पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। […]
म्याग्दीमा विपद्का घटनाबाट पीडित घरपरिवारलाई राहत स्वरुप ९ लाख वितरण
विकल्प न्यूज/बेनी माघ १० गते । जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद् व्यवस्थापन कोषबाट चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म ९ लाख ३० हजार रुपियाँ राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न किसिमका विपद्मा परेर पीडित भएका सर्वसाधारणहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार उक्त राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी […]
वडा अध्यक्षको पद त्यागेका खड्काको फस्टाउँदो बाख्रापालन
साधन राम्जाली/विकल्प न्यूज मघ १० गते । दुइवर्ष अघि स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका २ ज्यामरुककोटको वडा अध्यक्षको उम्मेदवार बन्न पार्टीले गरेको प्रस्तावलाई अस्विकार गर्नुभएका खबरका यामबहादुर खड्काले बाख्रपालन व्यवसाय सुरु गर्नुभएको छ । २० लाख रुपियाँ लगानी गरेर खड्काले उन्नतजातका बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । ४८ बर्षिय खड्काले २० लाख रुपियाँको लगानीमा बाख्रापालन […]
बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु
विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ । बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको हो । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले […]
नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा
समिर रोका मगर /विकल्प न्यूज माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मजा मगर, सचिवमा सोम रोका मगर […]
तिम्ल्याह सन्तान हुर्काउनै सकस
साधन राम्जाली/विकल्प न्यूज माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा रहेन् । तर […]
जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु
विकल्प न्यूज/ बेनी माघ ९ गते । जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ । जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण र व्यवस्थापनमा प्रबिधिको […]
लभ्लीहिलमा पार्क निर्माणको तयारी
विकल्प न्युुज /बेनी माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो . समितिको सदस्यहरुमा […]
निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित, घरदैलोमै सेवा पाउँदा स्थानीयवासिन्दा खुसीले गद्गद्
विकल्प न्युज /म्याग्दी माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ जना महिला तथा १ सय ५३ […]
निर्माण व्यवसायी संघ म्याग्दीमा निर्वाचनको कार्यक्रम माघ १९ गते तय
विकल्प न्यूज/बेनी माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट […]
जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण
विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गर्नुभएको हो । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर […]