विकल्प न्यूज/बेनी
बैशाख ९ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो ।
पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल चयन भएका छन् । नेकपाले जिल्ला नेतृत्वमा तत्काललाई अध्यक्ष र सचिब पदमा तत्कालिन एक अर्का पार्टीले लिने गरि जिल्ला नेतृत्वलाई टुंगो लगाएको हो । नेकपा म्याग्दीको अध्यक्षमा चयन भएका पौडेल तत्कालिन नेकपा माओावादी केन्द्रका जिल्ला संयोजक थिए ।
पूर्व सभासद समेत रहेका पौडेल म्याग्दीको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । तत्कालिन माओवादी जनयुद्धमा पौडेलको परिवार सहित जनयुद्धमा होमिएका थिए । पार्टी केन्द्रले अध्यक्षमा चयन गरे लगत्तै पौडेलले जिल्लामा नेकपालाई अझ बलियो र जनमुखि बनाउन आफु थप क्रियाशिल र शसस्त भएर लाग्ने प्रतिकृया दिएका छन् । सचिवमा भने पार्टी केन्द्रले तत्कालिन जिल्ला अध्यक्ष हुने नीति बनाएको भएपनि सचिवहरुको नाम लिस्ट सार्वजनिक भएको छैन ।