बेनी नगरपालिका

मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन

अनिल पौडेल/विकल्प न्यूज मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव […]

गलेश्वरमा शतबीज छर्न भक्तजनको घुइँचो

विकल्प न्यूज/बेनी मंसिर २० गते । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन […]

निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।  पत्रकार भेटघाटमा असन्तुष्ट व्यवसायीहरु  निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । दुई खेमामा विभाजन भएका व्यवसायीहरुका बिचको विवाद यतिखेर उत्कर्षमा पुगेको हो । विवाद नमिले पछि दुवै पक्षले विहिवार र शुक्रवार फरक फरक पक्षका व्यवसायीहरुको भेला डाकेका छन् । संघका अध्यक्ष नारायण जिसी र असन्तुष्ट पक्ष निर्वतमान […]

“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान

विकल्प न्यूज/बेनी मंसिर १९ गते । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा भोग्नु पर्ने विभिन्न […]

पार्टी सचिवालयले गरेका निर्णयहरु बैधानिक ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी मंसिर १५ गते । नेपाल कम्युनिष्ट (नेकपा)पार्टीका गण्डकी प्रदेश कमिटीका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको केन्द्रिय सचिवालयले गरेका निर्णयहरु बैधानिक भएको बताउनुभएको छ । नेताहरु सम्मीलित सचिवालयले पार्टीको विधान अनुसार पार्टी एकताका सन्दर्भमा गरेका निर्णयहरु बैधानिक भएको उहाँले दावी गर्नुभयो । हालैमात्र केही केन्द्रिय सदस्यहरुले सचिवालयले मनपरी रुपमा निर्णय गरेको भन्दै […]

न्यू वेष्ट प्वाइन्टलाई १७ औं जेसीज कपको उपाधी

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न अन्तर मावि जिल्लास्तरीय १७ औं जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी च्याम्पियन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा केबी एकेडेमी दरवाङलाई शून्यका विरुद्ध चार गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । केबी एकेडेमी पहिलोपटक […]

वेष्ट पोइन्टमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर १४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टको आयोजनामा मंसिर १४ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए पश्चिम दरबांग देखि उत्तर भुरुंग तातोपानी सम्मका विद्यालय सहभागी सो प्रतियोगितामा […]

बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]

सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा

विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]

बेनीमा जारी जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।   म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार क्याटरफाइनलका खेलहरु समापन भएका छन् । बेनीको खुल्ला मञ्चमा सञ्चालित खेलमा विहिवार बेनी आवशीय माविले प्रकाश माध्यमिक विद्यालयलाई २ का विरुद्ध ३ गोल गरेको छ । न्यू वेष्ट प्वाइन्ट आवशीय माविले बेनी सामुदायिकलाई १ का विरुद्ध ३ […]

को को परे नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीबाट

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।  नेपाल कम्युनिष्ट (नेकपा) पार्टी केन्द्रिय सचिवालयको मंगलबारको वैठकले गण्डकी प्रदेश कमिटी सदस्यहरु चयन गरेको छ । पार्टीको प्रदेश सदस्यमा म्याग्दीबाट पूर्व एमालेका ५ जना र माओवादी केन्द्रबाट ३ गरी ८ जना चयन भएका छन् । पूर्व एमालेका तर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, तत्कालिन पार्टी अध्यक्ष एवम् […]

बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]

सामाजिक सुरक्षा योजना शुभारम्भ : म्याग्दीका मजदुरहरुले मनाए खुसियाली

प्रताप बानियाँ /बेनी मंसिर ११ गते । सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् ।निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् । सदरमुकाम बेनी बजारमा रहेको क्याम्पस चोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक […]

निःशुल्क स्वास्थ्य शिविरमा ८० जना महिलाहरु लाभान्वित

प्रताप बानियाँ /बेनी म्याग्दी, मंसिर १० ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा सोमबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र लायन्स क्लब अफ म्याग्दी दोभानको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण भेगका […]

बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन । सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख […]