बेनी नगरपालिका
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज\बेनीमंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको सहकारीमा शेयर पुँजी एक करोड ७० लाख ४१ हजार नौसय, बचत नौ करोड ३५ लाख २७ हजार पाँचसय ६७ र लगानी नौ करोड ८० लाख ४७ […]
बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उद्घाटन

विकल्प न्यूज\बेनीमंसिर १२ गते । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच म्याग्दीका […]
म्याग्दीका तीन उद्यमीलाई सम्मान

विकल्प न्यूज\बेनीमंसिर ९ गते । दशौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर म्याग्दीका विभिन्न क्षेत्रका तीन जना उद्यमीलाई सम्मान गरिएको छ । उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने मूल नारा साथ आयोजित कार्यक्रममा म्याग्दीमा विभिन्न फरक क्षेत्रको व्यवसाय सञ्चालन गर्दै आएका तीन उद्यमीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । मेनुका सिलाइ कटाइ तथा प्रशिक्षण केन्द्रको सञ्चालक […]
बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

विकल्प न्यूज\बेनीम्याग्दी,मंसिर ८ गते । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, ६ रजत, १४ काँस्य पदक सहित […]
बेनीमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर ले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स […]
मंगलाबाट ठूलो परिमाणको लागूऔषध सहित महिला पक्राउ

विकल्प न्यूज\बेनीमंसिर ६ गते । म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरबाट ठूलो परिमाणको लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय खड्क बहादुर विकको घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले २३ वर्षीय पूर्णा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो […]
गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

विकल्प न्यूज\बेनीमंसिर ५ गते । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबारश्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित विभिन्न सामाजिक संघसंस्थामा खेलेको भूमिकाको […]
मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक मंगलबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्याधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन आज मंसिर ४ गते देखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजे सम्मका लागि […]
बेनी नगरमा तीनसय ३ वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन सुरु

विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ।गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो […]
जन्मदिनमा म्याग्दी बालगृह र गौशालालाई सहयोग

विकल्प न्यूज\बेनीमंसिर २ गते । जन्मदिनको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई शनिवार जिन्सी सामान सहयोग भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ निवासी डिलु बुदुजा (बद्री पुन)ले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर भाँडावर्तन सहयोग गर्नुभएको हो ।
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि

विकल्प न्यूज/बेनीमंसिर १ गते । गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् […]
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी, कात्तिक ३० गते । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ […]
जलजलाका प्रअ र शिक्षकहरूलाई अभिमुखिकरण

विकल्प न्यूज/बेनीकात्तिक २५ गते । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक र शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।तीन दिन सम्म संचालित कार्यक्रममा गाउँपालिका भित्रका ४४ वटा विद्यालयका प्रअ र विषयगत शिक्षकहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।प्रधानाध्यापकहरूका लागि नेतृत्व र क्षमता विकास तथा विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखीकरण तालिम गरिएको हो ।कास्कीको […]
म्याग्दीमा पनि मनाइयो छठ पर्व

विकल्प न्यूज/बेनीकात्तिक २२ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि […]
देउसीभैलोबाट मंगला शिक्षा क्याम्पसलाई ४० लाख जुट्यो

विकल्प न्यूज\बेनीकात्तिक २२ गते ।म्याग्दीको ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ। मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले […]