रघुगंगा गाउँपालिका

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]

विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन २ गते । रघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् । उपभोक्ता […]

अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । अन्नपूर्ण […]

बैंसरीमा जिप खस्दा दुइको मृत्यु

विकल्प न्यूज /बेनी माघ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतवार दिउसो सडकबाट बोलेरो जिप खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो […]

भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । कार्कीले व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकहरुलाई समेटेर व्यवसायिक बनाउन र उत्पादनको बजारीकरणका […]

रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायिक भवन बनाएका हुन् […]

घान्द्रुक–घोडेपानीमा ६३ हजार पर्यटक

विकल्प न्यूज/बेनी माघ ९ गते ।सन २०१७ मा साढे त्रिसठ्ठी हजार जना बाह्य पर्यटकले म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन २०१७ मा बिरेठाटी हुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन २०१७ […]

दृष्टीबिहीन विद्यार्थीलाई न्यानो कपडा

विकल्प न्यूज/बेनी माघ ९ गते ।अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ निलकण्ठ सुवेदीको रोहबरमा अनेरास्ववीयु म्याग्दीका […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ । साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका थिए । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको […]

रघुगंगामा सार्वजनिक यातायातको भाडादर समायोजन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायी समितिसंगको छलफलबाट […]

कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीका गाउँका विषयमा गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम बढेको छ । कलाकार, युवा क्लब, आमा समूह र विभिन्न संघ संस्थाले आफ्नो जन्मथलोको बारेमा गीत र म्युिजक भिडियो तयार पार्ने गरेका छन् । गाउँको प्रचारप्रसार, कला संस्कृतीको संरक्षण र विभिन्न कार्यक्रमहरुमा अतिथीलाई स्वागत गर्न गीत र म्युिजक भिडियो […]

पाखापानीको औल गाउँमा सडक पुग्यो

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० पुष । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको औला गाउँ सडक सञ्जालसंग जोडिएको छ ।  बेनी–पाखापानी सडकको फुलडाँडा देखि औला गाउँ जोड्ने करिब साढे दुई किलोमिटर सडक निर्माण भएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीको निजी लगानीमा उक्त गाउँमा सडक पु¥याइएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । स्थानीय तह […]

आगलागी पीडितलाई रघुगंगा गाउँपालिकाद्धारा राहत प्रदान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ । गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी […]

तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षति

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट […]