ताजा समाचार:
Search

बेगखोलाकी नरमायाको उपचारका लागि दुवईबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन । IMG_6843रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि दुवईबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  मोना दुवईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैयाँ कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा पुनलाई हस्तान्तरण गर्नुभयो ।

४३ वर्षीया तिलीजाको गत माघ ३ गते घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचीनुका साथै शरीरका अन्य भागमा चोट पटक लागेको थियो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेकी तिलीजाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको थियो ।

सुकुम्बासी रहेकी दुई छोराछोरीकी आमा नरमायाले श्रीमानको निधनपछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी थिईन् ।