विकल्प न्यूज/बेनी
फागुन ११ गते ।रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन भएको छ । नयाँ व्यवस्था अनुसार वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अध्यक्षतामा पुर्नगठन भएको समितिको संरक्षकमा गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी रहनुभएको छ । अध्यक्ष शेरपुञ्जाको सिफारीसमा उपाध्यक्षमा डप्रसाद पाईजा (धु्रब) र संरक्षक भण्डारीको सिफारीसमा डकुमारी पुन सदस्यमा मनोनित हुनुभएको छ ।
स्वास्थ्य चौकी प्रमुख सुरेन्द्र उपाध्याय सदस्य सचिव रहनुभएको समितिको सदस्यमा अमर माविका प्रअ युकुमार गर्बुजा, ज्ञानबहादुर चोचाङ्गी र वडा सचिव पदेन सदस्य रहने व्यवस्था छ ।