ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

च्युरिबोट आईतबार माघ १३ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई सय बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग गर्नुभएको हो […]

यस्ता छन् रघुगंगा गाउँकार्यपालिकाका निर्णयहरु

विकल्प न्यूज/बेनी माघ ९ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत सञ्चालन हुने योजनाहरुमा […]

मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]

टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

विकल्प न्यूज/बेनी पुस २८ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले […]

रघुगंगाको पाखापानीमा सार्वजनिक सुनुवाई

विकल्प न्युज/पाखापानी पुस २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा नं. ५ झिँ, ६ पाखापानी, ७ चिमखोला, ८ कुईनेमंगले वडामा भएको विकास […]

गाउँपालिकाद्वारा घुम्ती शिविर मार्फत घरदैलोमा सेवा

विकल्प न्युज/बेनी पुस २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिकाका जनताको सुविधाका लागी घरघरमा सरकारी सेवा दिंदै आएको छ । गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविरको आयोजना गरेर जनतालाई आफ्नै घरबाट सेवा लिने वातावरण मिलाएको हो । गाउँपालिकाका जेष्ठ नागरिक, आपाङ्गगता परिचय पत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाको लागी आवश्यक पर्ने बैंक खाता, […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासुमहद्वारा सम्मान

विकल्प न्यज /बेनी पुस २२ गते । स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि […]

शैक्षीक गुणस्तर बृद्धिका लागि रघुगंगामा ४ दिने छलफल सुरु

साधन राम्जाली / विकल्प न्यूज पुस २२ गते । रघुगंगा गाउँपालिकामा सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अनुशिक्षण दिन सुरु गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा शैक्षिक सधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँंटमा आईतबार देखी अनुुशिक्षण कार्यक्रम सुरु भएको हो । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र सम्भावित शैक्षिक विषयबस्तु […]

गाउँपालिका केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

विकल्प न्यूज/बेनी पुस २१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । मौवाफाँटवासीमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको हो । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्थानीय आमा समुहद्धारा निर्मित भवनमा तत्कालको लागि स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा […]

रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

विकल्प न्यूज/बेनी पुस २० गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले ग्रामीण भेगमा […]

आवास पुननिर्माणलाई समयमै सम्पन्न गर्न सरोकारवालाहरुको जोड

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीका सरोकारवालाहरुले भुकम्पबाट क्षतिग्रस्त घरहरुको पुननिर्माणलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ म्याग्दीले पुननिर्माण दिवसको अवसरमा विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा सहभागी भुकम्प पीडितहरुले आयोजना आउनु अगाबै बनाईका घरहरुलाई […]

रघुगंगामा शैक्षिक सामग्री प्रदर्शनी गरेर शिक्षण विधि सञ्चालन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।   सिकाइ उपलब्धि वृिद्धका लागि म्याग्दी रघुगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् । रघुगङ्गाको झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका १८ वटा विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्नै छ । शिक्षकशिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण तरिका मात्रै यहाँका विद्यालयमा छैन । […]

झिँमा प्रसुतीसेवा केन्द्र स्थापना

विकल्प न्यूज/बेनी मंसिर २२ गते । रघुगंगा गाउँपालिका–५ झिँमा प्रसुतीसेवा केन्द्र स्थापना गरिएको छ । केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब भण्डारीले सेवालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । झिँ बेनी नगरपालिकाको सिमानामा पर्ने वडा रहेकाले नगरको सिमाना देखी पाखापानी सम्म सडक कालोपत्रे गर्नको […]

टोड्केको पर्यटन प्रवद्र्धनमा जुट्यो म्याग्दी जेसीज

विकल्प न्यूज/बेनी मंसिर २२ गते । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री सतहदेखि २ हजार […]