ताजा समाचार:
Search

शैक्षीक गुणस्तर बृद्धिका लागि रघुगंगामा ४ दिने छलफल सुरु

साधन राम्जाली / विकल्प न्यूज
पुस २२ गते ।
रघुगंगा गाउँपालिकामा सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अनुशिक्षण दिन सुरु गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा शैक्षिक सधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँंटमा आईतबार देखी अनुुशिक्षण कार्यक्रम सुरु भएको हो ।

गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र सम्भावित शैक्षिक विषयबस्तु पहिचान गरि योजना निर्माण शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि चार दिनसम्म छलफल हुने गाउँपालिकाका शिक्षाशाखा संयोजक बालकृष्ण उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका भित्रको शैक्षिकअवस्था, समस्या र चुनौतिहरुको बारेमा समेत छलफल गरिनेछ ।

उहाँका अनुसार बृहत शैक्षिक छलफलका लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित अनुशिक्षण कार्यक्रममा प्रधानध्यापक र विव्यसका अध्यक्षहरुलाई विद्यमान शिक्षा नीति, समसामयिक कानुनको बारेमा जानकारी गराईने छ ।
दुई चरणमा सञ्चालनहुने कार्यक्रमको पहिलो चरण मुक्तीधाम मावि श्रोत केन्द्र भगवती मौवाफाँटमा सुरु भएको हो । पहिलो चरणमा मुक्तीधाम मावि श्रोत केन्द्रका १७ विद्यालयका अध्यक्ष र प्रअ गरि ३४ जना अनुशिक्षणमा सहभागि रहेका छन् ।

अमर माविपाखापानी स्रोत केन्द्र अन्र्तगतका विद्यालयहरुको २४ र २५ सञ्चालनगरिनेछ । कार्यक्रममा शिक्षा क्षेत्रमा बिषय विज्ञेता हाँसिल गरेका व्यक्तिहरुलाई समेत सहभागी गराएर शैक्षिक गुणस्तरसुधारको लागि बृहत छलफल गरिने र शिक्षा क्षेत्रका समस्याहरु प्हिचान गर्न सहयोग पुग्ने गाउँपालिकाका अध्यक्षभवबहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका जिल्लान्यायधिवक्ता कृष्णराजपन्त, कानुन व्यवसायी ठहर बहादुर भण्डारी, प्रमुख प्रशासकृत अधिकृत रमेश थापा, गाउँपालिकाका शिक्षा संयोजक बालकृष्ण उपाध्याय, स्रोत व्यक्ति दुतप्रसाद गर्वुजा लगायतले सहजीकरण गर्नुहुनेछ ।

कार्यक्रमको प्रमुख अतिथि जिल्लान्यायधिवक्ता पन्त, गाउँपालिका अध्यक्ष भण्डारीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । गापाअध्यक्ष भण्डारीको अध्यक्षता,स्रोत व्यक्तिगर्वुजाको स्वागत र शिक्षा संयोजक उपाध्यायको सञ्चालनमा सम्पन्नभएको थियो । कार्यक्रममा प्रमुखप्रशासकिय अधिकृत थापाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।