विकल्प न्युज/बेनी
पुस २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिकाका जनताको सुविधाका लागी घरघरमा सरकारी सेवा दिंदै आएको छ । गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविरको आयोजना गरेर जनतालाई आफ्नै घरबाट सेवा लिने वातावरण मिलाएको हो ।
गाउँपालिकाका जेष्ठ नागरिक, आपाङ्गगता परिचय पत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाको लागी आवश्यक पर्ने बैंक खाता, वितरण गर्दै आएको छ । आठ वटा वडा रहेको गाउँपालिकामा महिनाको एउटा वडामा महिनाको एकपटक घुम्ती शिविर होस् वा गाउँपाकिाकाबाट प्रदान गरिने सेवा सुविधा दिनका लागी कुनै कुराको जानकारीका लागी कर्मचारी वडामा पुग्ने गरेका छन् ।
बिहिबार वडा न.ं ५ झिँमा र वडा नं ६ पाखापानीमा भएको कार्यक्रममा ७ वडा योजनाको सम्झौता, ७ वडा योजनाको बैंकको खाता सञ्चालन, ९४ जनालाई जेष्ठ नागरिक परिचय पत्र, ११ वटा अपाङ्गगता परिचय पत्र जसमा ख वर्गको ४, ग बर्गको ५ वटा र घ बर्गको २ जनालाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत रमेश थापाले जानकारी दिए ।
गाउँपालिमा रहेका जेष्ठ नागरिक, अपाङ्गगता भएका व्यक्तीहरु गाउँपालिकाम सम्म आउन नसक्ने भएका गाउँमा नै पुगेर सेवा दिएको बताउनुभयो। झिँमा गाउँपालिकाको टोलीले वडा रहेको गाउँ झिँ देखी पर्यटकीय स्थल टोड्ने जाने सडक मर्मत गरेवापतको अन्तिम किस्ता दुई लाख एस्काईस हजार तिन सय ७० रुपैयाँको चेक समेत गाउँमा नै पुगेर उपभोक्ता समितिलाई हस्तातरण गरेको छ ।
गाउँमा नै सरकारी सेवा सुविद्या पाएपछी गाउँका जनता खुशी भएका छन् । दुर्गमका बासीन्दाको सेवा सुविद्याको लागी गाउँपालिकाले सनिबार समेत बेला बेलामा वडामा गएर सेवा दिदै आएको गाउँपालिका प्रमुख भब बहादुर भण्डारीले बताए । आयोजनाको चेक झिँ गाउँमा नै पुगेर हस्तातरण गर्दै भण्डारीले जनताको सेवा सुविद्याको लागी स्थानीय सरकार आएको बताउदै दर्गम गाउँका जनातालाईसेवा दिनको लागी गाउँपालिका तत्पर रहेको बताउनुभयो । ‘हामीले अहिले जनताको सेवाका लागी भनेर सनिबारपन भनेका छैनौँ’ उहाँले भन्नुभयो ।
गाउँपालिकालाई खोलाले दुई भागमा बिभाजन गरेको छ । एक ठाउँका जनतालाई मात्र सेवा दिएर हुदैन भनेर हामीले बेलाबेलामा घुम्ती शिविरको आयोजन गर्ने गरेका छौँ । गाउँपालिकाका सुविद्याका लागी बैंकले गाउँपालिकाको टोली संगै गाउँ गाउँमा खाता सञ्चालन, भुक्तानी जस्ताकामहरु गर्दै आएको प्रभु बैंक रघुगंगा शाखाका प्रबन्धक उमाशंकर सापकोटाले बताउनुभयो ।
एक दुई लागेर गाउँबाट समान्यकामले पनी सदरमुकाम, र गाउँपालिकामा जानुपर्ने बाध्यता गाउँपालिकाले गर्ने घुम्ती शिविरले पुरा गर्दिको स्थिानीय रामकुमारी थजालीले ब ।‘गाउँमा ७० देखी ९० बर्ष उमेरका मानिसहरु बसोबास रहेको छ’ उहाँले भन्नुभयो । उनीहरु बजार र गाउँपालिकाकाको केन्द्रसम्म पुग्न सक्दैनन् ।
गाउँपालिकाका यस्ता कार्यक्रममाले गाउँलेलाई धेरै ठुलो सहयोग पुगेको छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले आफुले पाउने सेवा सुविद्याको रकमबाट ५ वटा परिवारलाई स्वास्थ्य बिमा समेत गरिदिएका छन् । गाउँपालिकामा रहेका असक्त, गरिब परिवारलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस भनेर आफुले पाउने सेवा सुविद्याबाट स्वास्थ्य बिमा गरिदिएको उहाँको भनाई छ ।