ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

झिँमा प्रसुतीसेवा केन्द्र स्थापना

विकल्प न्यूज/बेनी मंसिर २२ गते । रघुगंगा गाउँपालिका–५ झिँमा प्रसुतीसेवा केन्द्र स्थापना गरिएको छ । केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब भण्डारीले सेवालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । झिँ बेनी नगरपालिकाको सिमानामा पर्ने वडा रहेकाले नगरको सिमाना देखी पाखापानी सम्म सडक कालोपत्रे गर्नको […]

टोड्केको पर्यटन प्रवद्र्धनमा जुट्यो म्याग्दी जेसीज

विकल्प न्यूज/बेनी मंसिर २२ गते । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री सतहदेखि २ हजार […]

रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]

रितुङ्ग माविको पुननिर्माण र बाढीपीडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी मंसिर १० गते । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीको पहलमा संकलन भएको रु […]

दग्नाममा विद्यार्थी र युवाहरुलाई उद्घोषण र पत्रकारिताबारे प्रशिक्षण

विकल्प न्यूज /बेनी म्याग्दी, ५ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबले आफ्नो बार्षिकोत्सव बुधवार विविध रचनात्मक कार्यक्रम सहित मनाएको छ । क्लब स्थापनाको १० औँ बार्षिकोत्सवको अवसरमा दग्नाममा विद्यार्थी र युवायुवतिहरुलाई उद्घोषण र पत्रकारिताबारे प्रशिक्षण गरिएको छ । जनता माध्यमिक विद्यालयका विद्यार्थी एवम क्लबमा आबद्ध युवायुवतिहरुमा उद्घोषणकलाको क्षमता अभिबृद्धि र पत्रकारीताबारे […]

प्रचण्ड र गृहमन्त्री थापाद्धारा राघुगंगा जलविद्युत आयोजनाको अवलोकन (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलबार विहान रघुगंगा गाउँपालिका ३ तिल्केनी चौर स्थित आयोजनाको निरिक्षण गर्नुभएको हो । यसै गरी प्रचण्ड सहितको […]

धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,कार्तिक १२ गते । म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो । कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा […]

रघुगंगा गाउँपालिकामा उपभोक्ता समितिलाई प्रशिक्षण

अनिल पौडेल /विकल्प न्यूज कार्तिक १० गते । स्थानीय तहमा हुने विकास निर्माणका योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन उपभोक्ता समिति सचेत हुनुपर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । विकास निर्माणका गतिविधिमा समुदायको सक्रिय सहभागिताले समयमै योजना सम्पन्न हुनुका साथै अनियमितता रोक्न सकिने बताइएको थियो । योजनामा समुदायको सहज […]

नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २६ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की, रिम कटुवाल, निरज […]

मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक कृषि खेतीतर्फ लगानी गनुपर्ने बताए […]

रुइसेको पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

विकल्प न्यूज/बेनी असोज १९ गते ।    म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको रुइसे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा शुक्रवार पर्वतको मालढुङ देखि बेनी–गलेश्वर हुँदै पर्यटकीय गन्तव्य रुइसे भेडीओढार सम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राले रुइसेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त […]

मुटु रोगीलाई गाउँमै निशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी असोज १८ गते । राखू समाज काठमाडौंको आयोजनामा म्याग्दीमा निशुल्क मुटु रोगको उपचार शिविर सञ्चालन गरेको छ । रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरमा आयोजित शिविरमा जिल्लाका सबै स्थानीय तहका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट विरामीको घुईचो लागेको छ । मुटु सम्बन्धि समस्या भएपनि जनचेतनाको अभावका कारण रोग लुकाएर बस्न बाध्य भएका विरामीका साथै आर्थिक […]

निलम्बित विद्यार्थीलाई विद्यालयमा फर्काउने सहमति

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज १६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माध्यमिक विद्यालयका निलम्बित कक्षा १० का २२ विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने सहमति जुटेको छ । रघुगंगा गाउँपालिकाको पहलमा मंगलबार गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सर्वपक्षीय छलफलमा निलम्बनलाई फुकुवा गरी पठनपाठनलाई नियमित गर्ने सहमति भएको हो । गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीको पहलमा जिल्ला समन्वय […]

अमर मावि चिमखोलाद्धारा २२ विद्यार्थीलाई निलम्बन

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज असोज १५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ अमर माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरुलाई निलम्बन गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई विद्यालयले एकमहिनाका लागि निलम्बन गरेको हो । लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा […]

घारखोला जलविद्युत आयोजनाको निर्माण रोकीयो

विकल्प न्यूज/बेनी असोज ८ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल […]