मालिका गाउँपालिका
यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]
बिममा विद्युतीकरण गरिएपछि स्थानीयवासी उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालिका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले जानकारी दिनुभयो । […]
मालिकामा विकासको ढोका खोल्छौं ः अध्यक्ष रोका
जिल्लाको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिकाको विकासको संभावना प्रशस्त छ । निर्वाचित जनप्रतिनिधिहरुमा दृढ इच्छा शक्ति भए पाँच वर्ष भित्रमा विकासको उचाईमा पु¥याउन असम्भव छैन । यहाँको प्राकृतिक स्रोतसाधनको परिचालन गर्नसके विकासको ढोका खोल्न धेरै समय कुर्नुपर्दैन । मालिका विभिन्न जातजातिहरु फुलवारी पनि हो । हालै निर्वाचित गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले मालिकालाई पाँचवर्ष भित्र समृद्धिको […]
दरवाङमा कसरी भयो मिनीबसमा आगोलागी !
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ७ भदौ । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा गएराती पार्कीङ गरेर राखिएको मिनीबसमा आगोलागी भएको छ । बेनी–दरवाङ सडकमा चल्ने ध १ ख २९७ नम्बरको मिनीबस आगोलागीबाट ध्वस्त भएको हो । स्याउली बजारको छेउमा पार्कीङ गरेको अवस्थामा रातको समयमा अज्ञात व्यक्तिले बसमा आगोलागी गरेको म्याग्दी जिप तथा बस व्यवसायी समितिका […]
मंगला र मालीका गाउँपालिकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता

सन्तोष गौतम /विकल्प न्यूज बाबियाचौर २६ साउन । म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ । यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो । मालीकामा […]
म्याग्दी नदीमा आएको बाढीले दरवाङ बजारको खेलमैदान कटान
सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ साउन । म्याग्दी नदीमा आएको बाढीका कारण मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजार जोखिममा परेको छ । नदीमा आएको बाढीले बुधबार राती मालीका गाउँपालीका ६ मा पर्ने दरवाङको उत्तरतर्फ रहेको जनप्रिय माविको खेलमैदानको केही भाग कटान गरेर भत्काएको छ । दरवाङ–बिम सडकमा गएको पहिरोसंगै खसेको ठूलो ढुङ्गाले नदीको बहाव बजारतर्फ फर्काएपछि कटान […]
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]
निस्कोटमा पहिरोबाट एक घर विस्थापीत

विकल्प न्यूज/बेनी साउन २१ गते । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा पहिरोले घर पुरीएको छ । दरवाङ निस्कोट सडकबाट खसेको पहिरोका कारण घोर्सीका गणेश पुनको गोठ, बाख्राको खोर र चर्पी भत्कीएको छ । शनिबार राती खसेको पहिरोले घर समेत भत्कीएको छ । पहिरो खस्न थालेपछि घरमा सुतेकाहरुले भागेर ज्यान बचाएका नेपाल रेडक्रस सोसाईटी फुलबारी उपशाखा […]
मालिका गाउँपालिकामा घरदैलोमै सामाजिक सुरक्षा भत्ता
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ साउन । म्याग्दीको मालीका गाउँपालीकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैङ्क कर्मचारी र जनप्रतिनिधीको समन्वयमा जेष्ठ नागरीक, दलित जेष्ठ नागरीक, एकल महिला र अपाङ्गलाई गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् । यसअघि बैङ्कको शाखामा पुगेर भत्ता बुझ्ने सर्वसाधारणलाई गाउँमै सुबिधा पाउँदा राहत मिलेको […]
मालिका गाउँपालिकाद्धारा गाउँसभामा प्रस्तुत नीति,कार्यक्रम र बजेटको विवरण

मालिका गाउँपालिकाको प्रथम गाउँसभामा प्रस्तुत आव २०७४।७५ को वार्षिक नीति,योजना,वजेट तथा कार्यक्रम आदरणीय मालिका गाउपालिका वासी दाजुभाइ तथा दिदि वहिनीहरु यस मालिका गाउँपालिकावाट स्थानीय तह निर्वाचनमा यहाँहरुले अमुल्य मत दिइ हामीलाइ निर्वाचित गर्नुभएकोमा हामी सम्पूर्ण पदाधिकारीहरुको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । लामो समयको अन्तराल पश्चात स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित पदाधिकारी विहिन […]
मालिका धुरीमा भ्यू टावर बन्ने

विकल्प न्यूज/ मालिका साउन ४ गते । म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थल मालिका मन्दिरमा भ्यू टावर बन्ने भएको छ । मालिका गाउँसभाले निति तथा बजेटमा भ्यू टावरको प्रस्ताव पारित भएको हो । गाउँपालिकाले बिम र दरबाङका साथै छिमेकी रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित आर्कषक पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा चिनिएको मन्दिर आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी भ्यू […]
नहर भत्किँदा लघुजलविद्युत परियोजना बन्द

म्याग्दी, साउन ३ । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । परियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष […]