ताजा समाचार:
Search

म्याग्दी नदीमा आएको बाढीले दरवाङ बजारको खेलमैदान कटान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ साउन ।
म्याग्दी नदीमा आएको बाढीका कारण मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजार जोखिममा परेको छ ।

नदीमा आएको बाढीले बुधबार राती मालीका गाउँपालीका ६ मा पर्ने दरवाङको उत्तरतर्फ रहेको जनप्रिय माविको खेलमैदानको केही भाग कटान गरेर भत्काएको छ । दरवाङ–बिम सडकमा गएको पहिरोसंगै खसेको ठूलो ढुङ्गाले नदीको बहाव बजारतर्फ फर्काएपछि कटान भएको वडा अध्यक्ष सन्तनाथ जैसीले बताउनुभयो ।Darbang 1नदी किनारमा बजार संरक्षणका लागि निर्माण गरिएको करिब साठी मिटर ग्याबियन पर्खाल बगाएर ४ मिटर खेलमैदान खसालेको छ । खेलमैदानसंगै जनप्रिय माविको आधारभुत तहको भवन समेत उच्च जोखिममा परेको छ ।

कटानका कारण दरवाङको तल्लो बजारका करिब ६० घर जोखिममा परेको वडा अध्यक्ष जैसीले बताउनुभयो । नदीमा बाढी नघटेसम्म तत्काल नियन्त्रणको काम गर्न सक्ने अवस्था छैन् । मालीका गाउपालीका र वडा कार्यालयले चालु आर्थिक वर्षमा कटान नियन्त्रण योजनाका लागि १८ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

बर्खा रोकीने वित्तिकै काम सुरु गरिने वडा कार्यालयले जनाएको छ । यसैबीच मंगला गाउँपालीका ५ अर्मनको हाँडेभिरमा म्याग्दी नदीको कटानका कारण एक घर भत्कीएको छ भने करिब दश घर र संयौ रोपनी खेतीयोग्य जमिन जोखिममा परेको छ ।

हरिप्रसाद आचार्यको घर नदी कटानका कारण भत्कीएको छ । अर्मन स्वास्थ्य चौकी सहित दश घर र संयौ रोपनी खेतीयोग्य जमिन कटानका कारण जोखिममा परेको वडा अध्यक्ष भुपेन्द्र केसीले बताउनुभयो ।