जिल्लाको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिकाको विकासको संभावना प्रशस्त छ । निर्वाचित जनप्रतिनिधिहरुमा दृढ इच्छा शक्ति भए पाँच वर्ष भित्रमा विकासको उचाईमा पु¥याउन असम्भव छैन । यहाँको प्राकृतिक स्रोतसाधनको परिचालन गर्नसके विकासको ढोका खोल्न धेरै समय कुर्नुपर्दैन । मालिका विभिन्न जातजातिहरु फुलवारी पनि हो । हालै निर्वाचित गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले मालिकालाई पाँचवर्ष भित्र समृद्धिको फुलवारी बनाउने संकल्प गर्नुभएको छ । स्थानीय तहको निर्वाचन मार्फत मालिकावासीहरुले स्थानीय सरकार सञ्चाल जिम्मेवारी युवाको काँधमा सुम्पिएका छन् । वर्ष ले २७ पुग्नुभएका रोकासँग मालिकालाई विकास र समृद्धिको मार्गमा डो¥याउने जोस जाँगर छ । आगमी पाँचवर्ष भित्र मालिकामा समृद्धिको ढोका खोल्ने अठोट गर्नुभएका रोकासँग नवविकल्पका सम्पादक ठाकुरप्रसाद आचार्यले गरेको संक्षिप्त कुराकानीका अंश यहाँ प्रस्तुत गरिएको छ ।
नवविकल्प कुराकानीमा यहाँलाई स्वागत ।
धन्यबाद !
हजुरमा युवा जोसजाँगर छ । साच्चिकै अव मालिकावासीहरुले परिवर्तनको आभास गर्न पाउँछन ?
पक्कै पनि । मैले ठूलो महोत्वकांक्षा त राखेको छैन तर समाजका लागि केही योगदान गर्नुपर्दछ भनेर नै राजनीतिमा आएको हुँ । समाजलाई वदल्ने भनेको युवाहरुले नै हो त्यो जिम्मेदारी मालिकावासीहरुले मलाई र मेरो टिमलाई दिनुभएको छ, म पुरा गरेर देखाउँछु ।
राजनीतिप्रति युवाको आकर्षण घटेका समयमा हजुर राजनीतिमा के देखेर आउनुभयो ?
हो राजनीतिप्रति युवाको आकर्षण घटेको छ । म सानै देखि गाउँमा समाजसेवामा सक्रिय पनि थिए । समाजसेवालाई राजनीति सँग जोड्न सकियो भने समाज वद्ल्न सकिन्छ भन्ने मेरो सोँच छ । ठूलै महोत्वकांक्षा राखेर म राजनीतिमा आएको होइन । व्यक्तिगत स्वार्थ लिन आएको पनि होइन । आफ्नो गाउँ समाजको विकास हामी आफैले गर्ने हो त्यसका लागि म राजनीतिमा आएको हुँ । सानै देखि समाजसेवामा लागेको युवा भएकाले अव गाउँको विकास गर्नुपर्दछ भन्ने इच्छाशक्तिका साथ यो अभियानमा छु । युवाहरु मिलेर गाउँमा परिवर्तन गर्ने हो ।समस्या र चुनौतीका विच एकैपटक परिवर्तन संभव होला ?
हाम्रासामु थुप्रै समस्या र चुनौतीहरु छन् । समस्या र चुनौतीहरुका विच हामीले संभावनाको खोजी गर्ने हो । लामो समय जनप्रतिनिधि नहुँदा समस्याहरुको चाङ लागेको छ । अव जनप्रतिनिधिहरु आएका छौं । हामीले पाँचवर्षे कार्ययोजना बनाएर काम सुरु ग¥यो भने परिवर्तन त कसो नहोला ! मालिका गाउँपालिकाका सवै जनप्रतिनिधिहरु विकास र समृद्धिको ढोका खोल्नका लागि इमान्दार भएर लाग्नुभएको छ । मालिकावासीहरुले हामीबाट ठूलो अपेक्षा राख्नुभएको छ । परिवर्तनको आभास मालिकावासीहरुलाई चाँढै दिलाउने छौं ।
अहिले मालिका गाउँपालिकाले के के काम गरेको छ ?
अहिलेको मुख्य काम भनेको पहिलो गाउँसभा सम्पन्न गरेका छौं । गाउँसभामा यहाँको विकासका लागि के के गर्न सकिन्छ भनेर व्यापक छलफल गरेका छौं । जेष्ठ नागरिकहरुलाई वृद्धा भत्ता घरघरमा पु¥याउने कामको सुरुवात गरेका छौं । गाउँपालिकामा शुसासन कायम गर्ने प्रयास गरेका छौं । अहिले वर्षातको समय भएकाले बेनी दरवाङ सडक समय समय अवरुद्ध छ यसलाई नियमित खुलाउने प्रयास गरेका छौं । अव मालिकामा भौतिक पूर्वाधारका कामहरु धमाधम सुरु गर्नेछौं ।
काम गर्न कत्तिको सहज छ ?
काम गर्न सहज नै छ । राजनीतिक रुपमा अपठ्यारो छैन । गाउँकार्यपालिकामा वहुमत र अल्पमत भन्ने छैन । सवै विचारहरुको सम्मानजनक उपस्थिति छ । गाउँपालिकाको विकासको चिन्ता सवैमा छ । गाउँपालिकामा हामी जुन जुन पार्टीबाट जिते पनि अब जनताको साझा जनप्रतिनिधिका रुपमा अघि वढेका छौं । जनताको साथ हामीलाई छ । अव हामीले पार्टीको निर्देशन भन्दा जनताको भावना बुझेर काम गर्नुपर्छ । यो अवस्था मालिकामा छ । कतिपय कानुनहरु निर्माण नभइसकेकाले केही कठिनाइहरु आएका छन् । गाउँपालिका केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभावले काम गर्न कठिनाई छ ।
अझै पनि कतिपय वडा सचिवहरु गाउँ फर्किएका छैनन् भन्ने छ कसरी शुसासन कायम हुन्छ त ?
अधिकांश सचिवहरु त गाउँमै हुनुहुन्छ । उहाँहरुले गाउँबाटै सेवा प्रवाह गर्नुभएको छ । केही सचिवहरुमा समस्या देखा परेको छ । त्यसलाई पनि हामीले समाधान गर्ने प्रयास गरेका छौ । गाउँकार्यपालिकाले वडाबाटै सेवा प्रवाह गर्न सचिवहरुलाई निर्देशन दिएका छ ।
मालिकाको मुहार फेर्ने कस्ता योजनाहरु बनाउनु भएको छ ?
लामो समयको अन्तराल पछि स्थानीय तहमा निर्वाचित भएर जनप्रतिनिधिहरु आएका छौं । जनताका आशा र अपेक्षाहरु धेरै छन् । स्थानीय तहको सरकार भनिएपनि अहिले संक्रमणकालिन अवस्थामै छौं । हामीले तिव्र तरिकाले काम गर्न पाएका छैनौं । मालिका विकासले पछि परेको गाउँपालिका हो । आगमी पाँचवर्ष भित्र मालिकालाई जिल्लामै समृद्ध र नमुना गाउँपालिका बनाउने सोँच राखेका छौं । हामीकहाँ रहेका प्राकृतिक स्रोतसाधनहरुको उच्चतम परिचालन गरेर नै हामीले मालिकाको मुहार फेर्ने हो । जलविद्युत,कृषि,खानी वनजंगल र पर्यटकीय स्थल हाम्रा समृिद्धका आधारहरु हुन ।
विकासका प्राथमिकतालाई कसरी प्राथमिकीकरण गर्नुभएको छ ?
हामीले पहिलो प्राथमिकतामा सडकलाई राखेको छौं । कृषिको व्यावसायिकरण, पर्यटन विकास, जलविद्युत,खानीहरुको सञ्चालन लगायत सबै कुराका लागि सडक पहिलो शर्त भएकाले यसमा मेरो विशेष ध्यान रहेको छ ।
पाँचवर्ष भित्र समृद्ध र नमुना गाउँपालिका बनाउन सम्भव छ ?
असम्भव भन्ने मैले देखेको छैन् । हामीले सोचेजस्तो गाउँपालिका बनाउन सम्भव छ । हामीकहाँ रहेको ढुङगा खानी र जलविद्युतलाई मात्र भए पनि उपयोग गर्न सक्यौं भने पाँचवर्ष भित्र मालिकामा विकासको लहर नै आउने छ । मालिकावासीलाई विकास र समृद्धिका लागि जुरुक्क उठाउन सकेमा जिल्लाकै नमुना गाउँपालिका बन्नेमा कुनै संङका छैन ।
हजुरले जलविद्युतको कुरा गर्नुभयो एउटा आयोजना त्यहि अवरोध भएको छ ।
हो केही समस्याहरु उत्पन्न भएका छन् । जलमाफियाहरुले लाइसेन्स खरिद विक्री गर्ने र कमिशन खाने प्रवृत्तीका कारण आयोजना अघि वढ्न सकेको छैन । जलविद्युतका दलालहरुका कारण समस्या आएको हो । अहिले नयाँ ग्रुप आएको छ । आयोजनाको काम कहाँ पुगेको छ भनेर गाउँपालिकाले जानकारी मागेका छौं । यो आयोजना हामीले जसरी पनि अघि वढाउनु पर्दछ भन्ने हाम्रो मान्यता छ । जलविद्युत विकास मैत्री वातावरण मालिकाले बनाउँछ । गाउँपालिका भित्र सडकको अवस्था कस्तो छ ?
सडक सवै वडाहरुमा पुगेको छ । स्थानीयहरुले लालपुर्जा राखेर पनि सडक खनेका छन् । अव गाउँपालिकाले सडकको स्तरउन्नती गर्दछ । हामीले गाउँपालिका केन्द्र देखि वडासम्म पुग्नका लागि सडक राम्रो बनाउने छौं । जथाभावी रुपमा सडक खन्ने प्रवृत्तिलाई निरुत्साहित गरेका छौं । सडकलाई दिर्घकालिन रुपमा सञ्चालन गर्नका लागि नालीको व्यवस्था गर्नुपर्दछ । सडक फराकिलो बनाउने । प्राविधिकले नापजाँच गरेर मात्र सडक खन्ने नीति लिएका छौं । अव्यवस्थित तरिकाले सडक खन्ने काम गाउँपालिका भित्र अव पूर्णरुपमा बन्द हुन्छ । सडकलाई सुरु देखिनै राम्रो बनाउँदै लैजाने नीति गाउँपालिकाले लिएको छ । अर्को कुरा गाउँपालिकालाई जोड्ने बेनी – दरवाङ सडकको स्तरउन्नतीका लागि पनि गाउँपालिकाले विशेष जोड दिएको छ ।
कृषि र पशुपालनको संभावना कस्तो देख्नुभएको छ ?
कृषि र पशुपालनमा संभावना धेरै राम्रो छ । हामीले कुन गाउँमा के को संभावना छ भनेर विस्तृत अध्ययन गरेर प्रोफाइल बनाउँदै छौं । कृषिमा निश्चित पकेट क्षेत्र बनाउने सोंच बनाएका छौं । आलु खेतीको राम्रो संभावना छ यसका साथै सुन्तला खेतीको पनि उत्तिकै संभावना छ । बाख्रापालनको संभावना राम्रो भएकाले यसतर्फ युवाहरुलाई आकर्षण गर्न विशेष योजना बनाउने छौं ।
मालिकाले पाँच वर्ष भित्र कुनु – कुन क्षेत्रको विकासको पहिलो प्राथमिकता राखेको छ ?
सडक, विद्युत र शिक्षाको विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । शिक्षामा हामीले पाँचवर्ष भित्र आमुल परिवर्तन ल्याउनु छ । शिक्षामा अनावश्यक धेरै राजनीति हुने भएकाले शिक्षा क्षेत्र विग्रीएको हो । शिक्षामा हुने अनावश्यक राजनीतिलाई पूर्णत निरुत्साहित गर्ने हो । हामीले गाउँपालिका भित्रका सवै विद्यालयमा हाजिरी मेशिन राख्न लगाएका छौं । अव शिक्षामा हामीले आमुल परिवर्तन ल्याउने हो । अवको पाँचवर्ष भित्र गाउँपालिकाका प्रत्येक सामुदायिक विद्यालयहरु नमुना बनाउने हाम्रो लक्ष्य छ ।
गाउँमा शिक्षा र स्वास्थ्य गुणस्तरीय नहुँदा शहर झर्नेहरु वढेका छन् यसलाई रोक्न सकिएला ?
हो गाउँमा शिक्षा र स्वास्थ्यको गुणस्तर नहुँदा गाउँघर छाड्ने, बसाई सरेर अन्यत्र जाने क्रम लामो समयदेखि चल्दै आएको छ । यसलाई रोक्न पनि शिक्षा र स्वास्थ्य उपचारको व्यवस्थामा जोड दिनुपर्छ भन्ने मलाई लागेको छ । एकैपटक ठूलो परिवर्तन त सम्भव छैन, तर हाम्रो गाउँपालिकामा भएका सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा काम गर्नुपर्ने मैले ठानेको छु । सामुदायिक विद्यालयमा पढेपछि उच्च शिक्षा हासिल गर्न सकिँदैन, दक्ष बन्न सकिँदैन भन्ने हिनताबोध रहेको देखिन्छ । त्यो अन्त्य गर्दै विद्यार्थी, अभिभावक र शिक्षकमा आत्मविश्वास जगाउने र सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने मैले जरुरी देखेको छु । स्वास्थ्य क्षेत्रको सुधारका लागि पनि छलफल चलिरहेको छ । संविधानमा स्वास्थ्य उपचारलाई मौलिक हक भनिएको सन्दर्भमा सरकारका संयन्त्रका रूपमा रहेका स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी सुविधासम्पन्न बन्न सकेका छैनन् । दक्ष चिकित्सकको व्यवस्था गर्ने, प्रविधिसम्पन्न बनाउने र आम जनतालाई गाउँमै पनि स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने विश्वास जगाउने काम गाउँपालिकाले गर्दछ ।
पर्यटन विकासको संभावना कत्तिको छ ?
मालिका धुरी हाम्रो धार्मिक पर्यटनको प्रचुर संभावना भएको क्षेत्र हो । मालिकामा पर्यटन विकासका लागि गाउँपालिकाले योजना अघि सारेको छ । त्यहाँको भौतिक पूर्वाधार विकासमा गाउँपालिका अहिले केही बजेट विनियोजन पनि गरेको छ । रुम र वागलुङको सिमानामा रहेको धुलेलेक र निस्कोटको ताल पर्यटनको संभावना भएका क्षेत्र हुन । यसका साथै सांस्कृतिक पर्यटनको पनि प्रचुर सम्भावना छ । भिन्न भिन्न जातिहरुको वेग्लावेग्लै संस्कृतिहरु छन् । गाउँघरमा हुने मेलापर्वहरुलाई व्यवस्थित गर्न सकेमा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने संभावना छ ।
मालिकाको आन्तरिक श्रोत के छ ?
अहिलेलाई आन्तरिक स्रोत हामी सँग खासै छैन । आन्तरिक स्रोतका हिसावले हाम्रो गाउँपालिकामा अत्यन्तै कमि छ । बजार क्षेत्र सानो छ । बजारबाट संकलन हुने कर नै हो । अर्को हामीकहाँ भएको खानी सञ्चालन गर्न सकेमा आम्दानीको स्रोत वढ्ने हो । खानी सञ्चालनको नीति आएको छैन । रुम र निस्कोटमा भएको ढुङगा खानी सञ्चालन गर्नसकेमा मात्र हाम्रो आम्दानीको स्रोत वढ्ने हो । अर्को तर्फ नदी किनारका ढुङा र बालुवा हो । हाम्रो मूख्य आम्दानीको स्रोत भनेको खानीहरु पूर्ण रुपमा सञ्चालन गर्नसकेमा वार्षिक रुपमा हामीले ४० लाख रुपियाँ सम्म आन्तरिक स्रोत संकलन गर्न सक्छौं । लोक्ता र नेपाली कागजलाई पनि आम्दानीको स्रोत बनाउन सकिन्छ ।
सरकारले दिने आर्थिक सहायता विकासका पूर्वाधार निर्माणका लागि पर्याप्त होला ?
अवश्यक पनि हुँदैन । सरकारले दिने सहायताको भरमा मात्र विकासका अपेक्षा पूरा गर्न सकिँदैन । अहिले स्थानीय तह संक्रमणकालमै भएकाले कतिपय कानुनहरु बनेका छैनन् । नयाँ संविधान अनुसार स्थानीय तह भनेको सरकार नै हो । स्थानीय तहमा विकास र समृद्धिको ढोका खोल्ने भनेको हामी आफैले हो त्यसैले हामीले हाम्रो स्रोतलाई बलियो नबनार्ई हुँदैन । संघिय र प्रदेश निर्वाचन सम्पन्न भएपछि कानुनहरुको निर्माण पनि होला त्यसपछि विकासले एउटा गति पक्कै लिन्छ ।
अन्तमा केहि भन्नुहुन्छ ?
सर्वप्रथम त मेरा विचारहरु आम मालिकावासीहरुमा पु¥याउनका लागि सहयोग गर्नुहुने यहाँ र पत्रिका परिवारप्रति विशेष धन्यवाद दिन चाहन्छु । मलाई जुन विश्वास गरेर मालिकावासीहरुले यो महत्वपूर्ण जिम्मेदारी दिनुभएको छ । यो विश्वासलाई मैले कुनैपनि हालतमा टुट्न दिने छैन । गाउँपालिकालाई अन्य पालिका भन्दा हेर्न लायकको बनाउने छौं । हामीले काम गर्दा हुने कमिकमजोरीहरुलाई औल्याइदिनेका साथै यहाँहरुको सल्लाह र सुझावको खाँचो छ । कुनै पनि पूर्वाग्रह नराखी हाम्रो समृद्धिको अभियानमा साथ र सहयोग गर्न म सम्पूर्ण मालिकावासीहरुलाई यहाँको मिडिया मार्फत आह्वान गर्दछु ।