धवलागिरी गाउँपालिका

आगोलागीबाट साढे दुई लाखको क्षति

विकल्प न्यूज/बेनी माघ ४ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका ४ बगरमा आगोलागीबाट एक गोठ चलेर नष्ट हुँदा साढे दुई लाख रुपैया बराबरको धनमालको क्षति भएको छ । बगरका अमरलाल पुनको एक तले गोठमा आगोलागी हुँदा त्यहाँ रहेको लत्ताकपडा, अन्न, नगद, भाडाँकुडा जलेर नष्ट भएको हो । आगोले जलेर एक वटा पाडो र १ वटा बाच्छो समेत […]

ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी माघ ३ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा र सार्वजनिक धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका ताकमका बासिन्दा घरघरमा निजी धारा जडान गर्ने अभियानमा जुटेका छन् । पानीको स्रोत र व्यवस्थापनको कमीका कारण ताकममा बर्षौदेखि खानेपानीको असुबिधा छ […]

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी […]

मोहनी लगाउने जलजलाको सौन्दर्य

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २३ पुष । प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङमा रहेको जलजलाको लेक ओझेलमा परेको छ । पुर्वाधार र प्रचारप्रसारको अभावका कारण जलजला ओझेलमा परेको हो । समुन्द्री सहतदेखि तीन हजार चार सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण लगायतका १२ […]

धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काराेवार ठप्प

सन्तोष गौतम l विकल्प न्युज बेनी २४ पुष ।म्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ । कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी गाउँपालीकामा […]

पानीका लागि श्रमदान गर्दै ताकमबासी…

विकल्प न्यूज/बेनी पुस १९ गते । . म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका बासिन्दा खानेपानी आयोजनाको पाईपलाईन खन्दै । ताकमका सबै घरमा निजी धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा ताकममा कोटखोला खानेपानी तथा सरसफाई आयोजना […]

अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालिकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले उद्घाटन […]

धौलागिरी गाउँपालिकामा पशुपालनको सम्भावनाका विषयमा अन्तरक्रिया

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ । गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक पृथराज ढकालको […]

गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङमार्ग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १८ पुष । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको परिकल्पना गरिएको छ । धौलागिरी गाउँपालिकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको परिकल्पना गरिएको हो । गाउँपालीकाले २ नम्बर वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणको […]

मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ पुष ।  म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङग्का बासिन्दा र […]

धौलागिरी गाउँपालिका साक्षर घोषणा

सन्तोष गौतम/विकल्प न्यूज शिवाङ १५ पुष । म्याग्दीको धौलागिरी गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कवाङ सहित गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई यसअघिनै साक्षर […]

जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]

क्यान्सर पीडित गुरुङलाई कोषको सहयोग

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बुधबार क्यान्सर पिडित एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आन्द्राको क्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ हिलापोखरीकी तिलकुमारी गुरुङको उपचारका लागि कोषले नगद पन्ध्र हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा थप पाँच हजार […]

ताकमवासीले गरे सहयोगदातालाई गाउँमा भव्य स्वागत

सन्तोष गौतम/विकल्प न्यूज ताकम १६ मंसिर ।   म्याग्दीको धौलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । दुई तले दश […]

धौलागिरिमा काँग्रेस परित्याग गरि २ सय कार्यकता वाम गठबन्धनमा प्रवेश

विकल्प न्यूज /बेनी मंसिर ३ गते । योजना आयोगका पुर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका ताकममा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले आयोजना गरेको गाउँपालिकास्तरिय चुनावी सभामा बोल्दै श्रेष्ठले काग्रेसले अख्तियार गरेको संसदिय ब्यवस्थानै नेपालको विकासको बाधक भएको बताउनुभयो । कम्यूनिष्टहरुले जनतालाई सहभागि गराएर […]