धौलागिरि गाउँपालिकाको सात बिधेयक पारित

विकल्प न्यूज/बेनी
म्याग्दी ६ बैशाख ।

Dhaulageri Gaupalikaम्याग्दीको धौलागिरि गाउँपालिकाको बुधबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न सात वटा बिधेयक पारित भएको छ ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रुपमा बिधेयकहरु परित भएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । शिक्षा, सहकारी, कृषि व्यवसाय प्रर्वद्धन तथा व्यवस्था, न्यायीक समितिले समितिले उजुरीको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यबिधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ पारित भएको हो ।

शिक्षा बिधेयकमा शिक्षकको दरबन्दिलाई स्थानीयकरण गरि हेरफेर, आन्तरिक सरुवा बरुवा गर्ने उल्लेख छ । यसैगरी कृषि व्यवसाय तथा प्रवद्र्धन बिधेयकले गाउँपालिका क्षेत्रमा सहकारी मार्फत जडिवुटी खेती प्रवद्र्धन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी गाउँपालिकाको प्रशासकिय कार्यबिधि, स्थानीय स्वास्थ्य तथा सरसफाई र आर्थिक कार्यबिधि नियमित गर्न बनेको ऐन २०७५ पारित भएको प्रवक्ता छन्त्यालले बताउनुभयो । संबिधान अनुसार स्थानीय तहले विभिन्न २२ वटा कानुन बनाउनुपर्ने छ ।dhaulagiri gaupalikaयसैगरी धौलागिरि गाउँपालिकाको न्यायीक समितिले पूर्णता पाएको छ । उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा रहेको समितिको सदस्यहरुमा वडा न. ६ का सदस्य लोकबहादुर पुन र २ नम्बर वडा सदस्य सुवादेवी पुर्जा चयन हुनुभएको छ ।

अबैध यार्सागुम्बा निकासी र पैठारी नियन्त्रणका लागि सघन निगरानी गर्ने र स्थानीय निकासी कर निर्धारण गर्ने निर्णय भएको छ । गाउँपालिका क्षेत्रबाट यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको छ । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालीका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा प्रस्ताव गर्नुभएको थियो ।

गाउँसभाले भैपरि आउने चालु शिर्षकबाट पुजीगत र चालु खर्च शिर्षकका बजेट रकमान्तर गरेको छ । सोमबार र मंगलबार मुना स्थित गाउँपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकमा गाउँसभामा प्रस्ताव गरिने बिधेयकको कार्यसुचिका विषयमा छलफल भएको थियो ।
बिधेयकहरु पारित भएपछि गाउँपालिकाले संबिधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । यसअघि तोक आदेश र निर्देशनको आधारमा काम गर्नुपर्ने अवस्था थियो ।