विकल्प न्यूज/बेनी
बैशाख २० गते । धौलागिरि गाउँपालिकाले बहुमूल्य जडिवुटी यार्सागुम्बामा स्थानीय निकासी कर लागु गर्ने भएको छ । बैशाख पहिलो हप्ता भएको गाउँसभाले यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको हो । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा प्रस्ताव गर्नुभएको थियो ।
अबैध यार्सागुम्बा निकासी र पैठारी नियन्त्रणका लागि सघन निगरानी गर्ने र स्थानीय निकासी कर निर्धारण गर्ने निर्णय भएको कार्यपालिकाका प्रवक्ता समेत रहेका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । धौलागिरिको गुर्जा, मुदी र मल्कवाङको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन हुने गर्छ ।