मल्कबाङको जनजागृती माविको कक्षा कोठा भवन उद्घाटन(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज
मल्कवाङ २६ बैशाख । IMG_1702   धौलागिरि गाउँपालिका–५ मल्कबाङको जनजागृती माविमा निर्माण भएको कक्षा कोठा भवनको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलबहादुर छन्त्यालले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजार रुपैयाँ अनुदान, प्रवासी र काठमाडौ पोखरामा बसोबास गर्ने मल्कवाङका बासिन्दाको १४ लाख ५६ हजार रुपैयाँको लागतमा तिन कोठे भवन निर्माण भएको हो ।

सडक नपुगेको बिकट क्षेत्रमा महँगो ढुवानी खर्चका कारणले शिक्षा कार्यालयले उपलब्ध गराएको अनुदानले नपुगेपछि समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता दिइएको प्रअ जाहुर आलमले बताउनुभयो । IMG_1755आर्थिक सहयोग संकलन अभियानकी संयोजक समेत रहेकी विद्यालयकी शिक्षीका यानदेवी छन्त्यालले भुकम्पका कारण जिर्ण बनेको भवनमा बसेर पढ्दै आएका विद्यार्थीहरु नयाँ भवन बनेपछि ढुक्क भएर भय रहित वातावरणमा अध्ययन गर्न पाएका बताउनुभयो ।

हाल युकेमा रहनुभएका मल्कबाङका शेर छन्त्यालको बिशेष सक्रियता र मल्कबाङ केन्द्रिय समाज पोखराको समन्वयमा विभिन्न मुलुकमा छरिएका मल्कबाङबासीहरुबाट सहयोग संकलन गरिएको थियो । IMG_1688अभियानका क्रममा स्वर्गीय तुलप्रसाद र गर्बी छन्त्यालको परिवारबाट दुई लाख १५० र हाल काठमाडौ निवासी सेवा निवृत बेलायती गोर्खा सैनीक थमबहादुर छन्त्यालले दुई लाख रुपैया उपलब्ध गराउनुभएको थियो । तिन कोठे भवनलाई बारेर छ वटा कोठा बनाइएको छ ।

भवनको अभाव भएकाले तिन वटालाई बिभाजन गरेर छ वटा कक्षा बनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चनप्रसाद गौचनको अध्यक्षता र अभियन्त शेर छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व गाविस अध्यक्ष समेत रहनुभएका छन्त्यालले जनजागृती माविमा थप पूर्वाधार निर्माण र स्तरवृद्धीको लागि सरकारी निकायबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले सरकारी निकायको न्युन सहयोगको बावजुद पनि स्थानीयबासी र प्रवासीले थप रकम जुटाएर भवन सम्पन्न गरेर उदाहरणीय काम गरेकोमा प्रशसा गर्नुभयो ।IMG_1736थप पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । शिक्षिका लिला पाण्डेले स्वागत गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधीकारी, सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । IMG_1744

कार्यक्रममा मल्कबाङ अन्र्तराष्ट्रिय समाजका सचिब थम बहादुर छन्त्याल , वडा अध्यक्ष खर्ककुमारी छन्त्याल, मल्कबाङ केन्द्रिय समाज पोखराका अध्यक्ष मिनबहादुर घ्याप्चन छन्त्याल, विद्यालयका प्रअ जाहुर आलम, पूर्व शिक्षक अमर छन्त्याल, रुपन्देही छन्त्याल महिला संघकी सचिव नन कुमारी खड्का छन्त्याल लगायतले सहयोग दाताहरुले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मल्कबाङ समाजले जेष्ठ नागरिकहरुलाई नगद रु १ हजार सहित सम्मान गरेको थियो ।